२०८१ बैशाख ९ गते आइतवार

चर्चित गायिका शान्ती श्री को आवाजमा अन्जु अधिकारी अभिनित तिज गीत सार्वजनिक !




रामचन्द्र न्याैपाने,
काठमाडौ ११ साउन :
गायिका शान्ती श्री परियारको आवाजमा तिज गीत “बर मागेकी छु ” सार्बजनिक भएको छ। अन्जु अधिकारीको अभिनय रहेको भिडियो “Triple A” नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निशान बानियाँको शब्द , खुमन अधिकारीको सङ्गीत रहेको गीतको भिडियो निशान बानियाँ आफैले निर्देशन गरेका छ्न । नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका हुन ।
त्यसो त गीतमा अभिनय गरेकी अन्जु अधिकारीको साङ्गितिक लगाब भने अझ गज्जबको छ । एक दशक देखि अस्ट्रेलियामा बस्दै ब्यस्त जिबन ब्यतित गर्दै आएकी उनले गीत सङ्गितमा पनि समय दिन भ्याएकी छ्न ।यस अगाडि जोगि बनायौ , जिद्दी छ मन , त्रिशुलीको तिरैमा ,एक दुई तीन चार पांच लगाएतका गीतमा अन्जुको अभिनय देख्न सकिन्छ । आफु परदेशमा रहंदै आएता पनि नेपाली कला , गीत सङ्गीत र सस्कृति मा आफुले निरन्तरता दिदैं सक्दो योगदान पुर्याउने उनी बताउँछिन ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?