
डाेल्पा ३१ असार : डाेल्पाकाे ठुलिभेरी नगरपालिका वडा नं ५ स्थित विद्या मन्दिर माध्यामिक बिद्यालयकाे प्रधानाध्यापकमा ऋषिराम गिरि नियुक्त भएकाछन् ।
उनलाई विद्यालय व्यवस्थापन समितिकाे मिति यहि २८ असारकाे निर्णय अनुसार प्रधानाध्यापकमा नियुक्त गरिएको हाे ।
विव्यसले जिम्मेवारी प्रदान गरेसँगै गिरीले गुणस्तरीय शिक्षा सहितको सुशासनयुक्त र बाल मैत्री शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
विद्यालयकाे समग्र पक्षकाे विकासकालागि अहाेरात्र खट्ने उनले बताए ।
प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार