२०८० असोज ९ गते मङ्गलवार

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाद्वारा ६० कराेड ३२ लाख ३७ हजार बराबरको बजेट प्रस्तुत !



रामचन्द्र न्याैपाने,
डाेल्पा २९ असार :
हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे  नवाैँ नगरसभा समप्न भएको छ ।
शुक्रबार नगरपालिकाकाे कार्यालय त्रिपुराकाेटमा आर्थिक बर्ष २०८०/८१ काे बार्षिक नीति तथा कार्यक्रम सहित नवाैँ नगरसभा सम्पन्न भएको हाे ।
नगर उपप्रमुख देबी घर्तीद्वारा प्रस्तुत आथिर्क आगामी आर्थिक बर्षकाे नीति कार्यक्रममा संघ,प्रदेशकाे अनुदान र नगरकाे आन्तरिक स्राेत सहित गरि कुल ६० कराेड ३२ लाख ३७ हजार छ सय पैंतालीस बजेट अनुमान गरिएको छ ।
आगामी आर्थिक बर्षमा पनि जनतासँग नगर प्रमुख कार्यक्रमलाई निरन्तरता दिइएको  छ ।
नगरसभाकाे उद्घाटन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला मन्त्री उर्मिला विश्वकर्मा र नगर प्रमुख जनचन्द्र राेकायले संयुक्त रुपमा गरेकाहुन् ।
नगर क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी मन्दिर,मष्टा मन्दिर छल, गल्ली,राजारानी लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रचार-प्रसार तथा विकासकालागि त्रिपुरासुन्दरी महाेत्सव लगाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरि नगरका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागुगर्ने,तल्लाे कक्षामा अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गरिने समेत कार्यक्रममा ल्याइएको छ ।
बाल विहावमुक्त नगरपालिका बनाउने,विपन्न लक्षित कार्यक्रम सञ्चालन गर्ने,बाल न्याय प्रणालीयुक्त नगरपालिका निर्माणकमलागि पहल गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
नगरका सम्पूर्ण नागरिकलाई अनिवार्य स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने,सहज सिँचाइकाे वयवस्था गर्ने,नगर भित्रका शाखा सडकहरुकाे स्तरउन्नती गरिने,आगामी आव भित्र बाँकी खाेलामा कल्भर्ट पुल बनाउने नीति कार्यक्रममा ल्याइएको छ ।
त्यसैगरि त्रिपुरासुन्दरी मन्दिरमा गुरुकुल पाठशाला स्थापना गर्ने समेत नीति कार्यक्रममा ल्याइएको छ ।
नीति तथा कार्यक्रममा सुझाव दिँदै प्रजिअ पाेख्रेलले नीति कार्यक्रममा नीति कार्यक्रम ल्याउनु ठुलाे कुरा नभई कार्यन्वयनकाे पाटाे महत्त्वपूर्ण रहेकाे बताए ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायले हरेक क्षेत्रमा पारदर्शिता कायम गर्नु अपरिहार्य भएकाले सबैभन्दा पहिला नगरसभाकाे कार्यक्रममा भएकाे खर्चपर्च सार्वजनिक गर्नुपर्ने बताए ।
संघ र केन्द्रबाट आउने असारे विकास स्थानीय सरकारले कार्यन्वयन गर्न नहुने र स्थानीय सरकारले पनि टुक्रे याेजनामा बजेट छुट्याउन नहुने उनले सुझाव दिए ।
त्यसैगरि कार्यक्रममा बाेल्दै मन्त्री विश्वकर्माले नवाैँ नगरसभा सफलताको शुभकामना दिएकी थिइन् ।
यससँगै डाेल्पामा विकास याेजना कम आएको सवालमा प्रष्ट पार्दै मन्त्री विश्वकर्माले सिमित स्राेत साधनका अभावमा आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको प्रष्ट पारिन् ।
नीति तथा कार्यक्रमलाई शुभकामना दिँद‌ै कर्णाली प्रदेश सभा सदस्य बदमीकुमारी बाेहाेरा पुर्व नगर प्रमुख एवम् श्रीमान अाेम बहादुर बुढालाई सम्झिदै भावुक समेत
भइन् ।
नगरकाे समग्र विकासकालागि जनप्रतिनिधि र कर्मचारी नङमासु भएर अगाडि बड्नुपर्ने बताइन् ।
नगरसभालाई सभामा समापन गर्दै नगरप्रमुख जनचन्द्र राेकायले थाेरै बजेट सम्पूर्ण क्षेत्रमा बजेट समावेश गर्नुपर्ने भएकाले साेचे अनुसार काम गर्न नसकिएको बताए ।
जनप्रतिनिधि भनेका जनताका पहरेदार भएकाले जनताकाे हित अनुकुल काम गर्नेमा कुनैपनि शंका गर्न नगरप्रमुख राेकायले आग्रह गरे ।
नगरपालिले जनताकाे जिविकाेपार्जन कार्यक्रममा व्यक्ति,पार्टी नभनि आवश्यकताका आधारमा सहयोग गर्ने बताए ।
आगामी आर्थिक बर्षकालागि नगरकाे नीति तथा कार्यक्रममा विभिन्न शिर्षकका बजेट छुट्याएपनि सञ्चार क्षेत्रमा भने कुनै पनि कार्यक्रम ल्याएन् ।
नगर क्षेत्रमा कतिपय स्थानमा सञ्चार सुविधाको व्यवस्थापन गर्ने,स्थानीय सञ्चारमाध्यमलाई प्रवद्वन गर्ने लगायतका कुनैपनि शिर्षकमा कार्यक्रम नआएको हाे ।
कार्यक्रममा बाेल्दै नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले नगरसभा सफलताको शुभकामना दिदै शिक्षा  क्षेत्रमा माैलाउँदाे राजनीतिकाे अन्त्य गर्नुपर्ने बताए ।
विद्यालयमा शिक्षकहरु पढाउनु भन्दा विभिन्न राजनीतिक संघ संगठनमा आवद्धहुँदा पठनपाठनमा असर पर्ने उनकाे भनाइ छ ।
नवाै नगरसभामा विभिन्न राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिहरुले नीति कार्यक्रममाथि टिप्पणी गरेका थिए ।
नगरसभामा उपस्थितित सभाध्यक्ष,प्रमुख अतिथि र विशेष अतिथि,अतिथि लगायत सम्पूर्ण महानुभावहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश चन्द नेपालीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि,राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयबासीकाे उल्लेख सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा बर्षभरीमा कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीहरुलाइ सम्मान गरिएको थियाे भने सेवा निवृत्त कर्मचारीलाई समेत सम्मानका साथ बिदाई गरिएको थियाे ।









प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?