
रामचन्द्र न्याैपाने,
डाेल्पा २१ असार :हिमाली जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा स्त्रीरोग राेग सम्बन्धि स्वास्थ्य शिविरसम्पन्न भएको छ ।
बिहिवार स्वास्थ्य सेवा कार्यालयकाे आयाेजनामा नगरपालिका स्थित त्रिपुराकाेट स्वास्थ्य चाैकीमा स्त्रीरोग सम्बन्धि विशेषज्ञ सेवा सहितकाे स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।
जिल्ला अस्पताल डाेल्पामा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर शंकर राउत,स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर रत्नबीर सुनार,डाक्टर अखन्ड उपाध्याय लगायतको स्वास्थ्यकर्मीकाे टाेलीले बिरामी महिलाहरुकाे उपचार गरेकाे थियाे ।
शिविरबाट नगर क्षेत्रका १ सय १५ जना विरामीकाे उपचार गरिएको कार्यालय प्रमुख सुनारले जानकारी दिनुभयाे ।
यसैक्रममा नगरपालिकाका ६० बर्ष पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका आमालाई कदरपत्र र दाेषल्लाद्वारा सम्मान समेत गरिएको डाक्टर सुनारकाे भनाइ छ ।
सम्मानितहुनेमा बुद्धीकला केसी,काली बोहोरा,चन्दु बोहोरा,जयकली कामी, दुर्गालक्ष्मी न्यौपाने, सुनकुमारी शाही रहेकाछन् ।
उनिहरुलाई राज्यले प्रदान गर्ने जनही बीस हजार नगद समेत दिइएको छ ।आजै जनप्रतिनिधि लगायत सराेकारवालाकाे उपस्थितिमा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC ) सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
