२०८० असोज ९ गते मङ्गलवार

पत्रकार महासंघ डाेल्पा शाखाका अध्यक्ष माओवादी पार्टीमा प्रवेश !



रामचन्द्र न्याैपाेने,

डाेल्पा १६ असार : पत्रकार महासंघ डाेल्पा शाखाका संयाेजक सराेज थापा नेपाल कम्युनिस्ट पार्टी (माओवादी-केन्द्र) मा प्रवेश गरेकाछन् ।
शनिवार सदरमुकाम दुनै स्थित पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा प्रदेश कमिटी काेषाध्यक्ष माल बहादुर राेकाय(सितार),जिल्ला पार्टीका संयाेजक धर्मजित बाेहाेरा लगायतका नेता कार्यकर्ताले अबिर खादा लगाएर थापालाई पार्टीमा स्वागत गरेकाछन् ।
थापालाइ जिल्ला पार्टी वा पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा मध्ये कुनमा जिम्मेवारी दिने भन्ने कुरा पार्टीले टुंग्याउने बताइएको छ ।
नव प्रवेशी थापा यस अघि नेपाली काङ्ग्रेस निकट पत्रकार संगठन प्रेस युनियनबाट नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चाैतारीकाे समर्थनमा सर्वसम्मत पत्रकार महासंघ डाेल्पा शाखाकाे अध्यक्षमा चयन भएका थिए ।
तत्कालीन सशस्त्र जनयुद्धको बेला पार्टीकाे पुर्णकालिन कार्यकर्ताकाे रुपमा समेत थापा माओवादी पार्टीमा लागेका थिए ।
विभिन्न घटना परिघटनाका कारण आफुले त्याे बेला पार्टी छाेड्नु परेपनि आजबाट पुरानै घरमा फर्किएको थापाले बताए ।
त्यसैगरि ठुलिभेरी नगरपालिका वडा नं ३ स्थित सिरिध बिक पनि माओवादी पार्टीमा प्रवेश गरेकाछन् ।
यस एकीकृत समाजवादी पार्टी निकट भातृ संगठन दलित मुक्ति माेर्चाका केन्द्रिय सदस्य समेत रहेका उनलाई पनि पार्टी नेतृत्वले सामुहिक रुपमा खादा अबिर सहित स्वागत गरिएको थियाे ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?