२०८० असोज ९ गते मङ्गलवार

त्रिपुरासुन्दरीमा पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न !




रामचन्द्र न्याैपाने,
डाेल्पा १२ असार : त्रिपुरासुन्दरी नगरपालिकामा पाेषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
मंगलबार नगरपालिकाकाे कार्यालयमा एघारवटै वडाका अध्यक्ष,नगरपालिका सम्पूर्ण शाखा प्रमुख,स्वास्थ्यकर्मी, सञ्चारकर्मी,स्थानीय लगायतका सराेकारवालाकाे उपस्थितिमा एक दिने तालिम सम्पन्न भएको हाे ।
तालिमबाट पालिकाकाे पाेषण सम्बन्धि स्थिति पत्र तयार गर्नुका साथै वडा नं १ लाई पाेषणयुक्त वडा घाेषणा गर्नकालागि छनाेट गरिएको बहुक्षेत्रीय पाेषण कार्यक्रमका फाेकल पर्सन लक्ष्मी थापाले जानकारी दिइन् ।
पाेषणयुक्त वडा घाेषणाकालागि अब चरणबद्ध रुपमा मापदण्ड पूरा गर्न विभित्र कार्यक्रम गरिने उनकाे भनाई छ ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?