२०८० असोज ९ गते मङ्गलवार

डोल्पाका ८ स्थानिय तह मध्ये ५ स्थानीय तहले ल्याए बजेट,जगदुल्लाकाे बजेट पारित भएन !




रामचन्द्र न्याैपाने,
डाेल्पा ११ असार :
हिमाली जिल्ला डोल्पाका आठ स्थानीय तह मध्य पाँच वटाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याएका छन् ।
डोल्पाको ठुलिभेरी नगरपालिका, मुड्केचुला गाउँपालिका, शे- फोक्सुण्डो गाउँपालिका ,डोल्पोबुद्ध गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाले १० असारमै बजेट ल्याएका हुन।
अन्य तीनवटा स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिका , जगदुल्ला र काइके गाउँपालिका) ले भने बजेट ल्याउन सकेका छैनन्।

त्रिपुरासुन्दरी नगरपालिकाले असार १० मै बजेट ल्याउँने तयारि गरे पनि नगर प्रमुख जनचन्द्र रोकायलाई पुत्र शोक परेका कारण नगरसभा सरेको बताइएको छ ।
त्यस्तै काइके गाउँपालिकाले १२ असारमा बजेट ल्याउँदै छ ।
उता जगदुल्ला गाउँपालिकाले १० असारमै बजेट प्रस्तुत गरेपनि गउँ सभामा भएकाे विवादका कारण बजेट अनुमोदन हुन नसकेकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैशीले जानकारी दिए ।
बजेट ल्याएका ५ वटा स्थानीय तह मध्ये आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि मुड्केचुला गाउँपालिकाले ३६ करोड ३५ लाख बराबरको बजेट ल्याएको छ।
त्यस्तै ठुलीभेरि नगरपालिकाकाे असार ४८ करोड २ लाख २३ हजार २ सय ४२ रुपैयाँ बजेट ल्याएको छ ।
उपल्लो डोल्पाको छार्काताङ्सोङ गाउँपालिकाकाे असार १० गतेकै गाउँसभा बाट २७ करोड ३० लाख ६७ हजार बराबरको बजेट ल्याएको छ ।
त्यस्तै फोक्सुण्डो गाउँपालिकाले असार ५ गते नै गाउँ सभाबाट ३२ करोड ९२ लाख बराबरकाे अनुमोदन गरेको छ ।
डोल्पोबुद्ध गाउँपालिकाकाे गत असार ८ गते सम्पन्न गाँउ सभाले २८ करोड ९६ लाख ९० हजार ६ सय ४९ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?