
रामचन्द्र न्याैपाने,
डाेल्पा ११ असार : हिमाली जिल्ला डाेल्पामा नेपाली सेनाले बनाएकाे हेलिप्याड शे-फाेक्सुन्डाे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेकाे रामवाण गुल्मले जनहित कार्यक्रम अन्तर्गत वडा नं ८ मा बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेकाे हाे ।
दुर्गम क्षेत्रमा यातायातकाे भरपर्दो साधनकाे रुपमा रहेकाे हेलिकप्टर अवतरणकालागि व्यवस्थित हेलिप्याड नहुदा समस्याहुने गरेकाले त्यसलाई मध्येनजर राख्दै फाेक्सुन्डाे ताल नजिकै बनाइएको हेलिप्याड निर्माण गरेर गाउँपालिकाका अध्यक्ष धाबासुम्डुक गुरुङ्गलाई हस्तान्तरण गरिएको सेनानी धुब्र कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार हेलिप्याड नहुदाँ त्यस क्षेत्रमा बिरामी उद्वार,सामान ढुवानी तथा पर्यटकिय गतिविधि गर्न समस्याहुने गरेकाे थियाे ।
हेलिप्याड बुझ्दै अध्यक्ष गुरुङ्गले सेनालाई हार्दिक धन्यवाद दिए ।
यस अघि व्यवस्थित हेलिप्याड नहुँदा हेलिकप्टर अवतरण गर्दा उडेकाे धुलाे वातावरण प्रदुषण हुनुका साथै ताल समेत फाेहाेरहुने गरेकाेमा अब भने व्यवस्थित हेलिप्याड पाएकाेमा खुशी व्यक्त गरे ।


