२०८० असोज ९ गते मङ्गलवार

सामाजिक सञ्जालमा बिराेध गर्नेहरुनै सार्वजनिक सुनुवाई कार्यक्रममा आएनन् : अध्यक्ष शाही




रामचन्द्र न्याैपाने
डाेल्पा ९ असार :
हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकामा दोश्रो पटक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
गाँउपालिकाको आयोजनामा गाउँपालिकाकाे केन्द्र नर्कुमा गाउँबासी,स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सराेकारवाला उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकोे हो ।
गाउँपालिकाले जारी आर्थिक बर्षकाे सम्पूर्ण गतिविधिकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।
कार्यक्रममा जारी आर्थिक बर्षमा गाउँपालिकाले सम्पादन गरेकाे सम्पुर्ण विकास याेजना,सेवा प्रवाह,कमिकजाेरी अाैल्याउन र त्यसकाे स्पष्ट जवाफ दिने व्यवस्था मिलाइएपनि साेचे अनुरुप उपस्थित नभएको अध्यक्ष शाहीकाे भनाइ छ ।
विभिन्न सञ्चारमाध्यमबाट चार पाँच दिन अघि देखि सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिकालागि सार्वजनिक सुचना जारी गरेपनि उल्लेख्य सहभागीता नहुनु दुखत भएको उनकाे भनाई ।
जसले सामाजिक सञ्जालमा राजनीतिक पुर्वाग्रह साधेर विराेध गर्छन तिनै व्यक्ति उपस्थित नभएको शाहीकाे टिप्पणी छ ।
लगातार दाेस्राे कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका अध्यक्ष शाहीले गाउँबासीकाे हितकालागि अनब्रत रुपमा लागि परेकाले एक रति पनि विचलित नहुने बताए ।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष शाही ले आफु गाउँपालिकाको समृद्धि र विकासका लागि अहोरात्र खटिरहेको उनले बताए ।
गाउँपालिकाको समग्र विकास आफु लगायत सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको काँधमा मात्र नभइ राजनीतिक दल, पत्रकार,सरोकारवाला निकाय सबैको साथ सहयोग हुनुपर्ने बताए ।
गाउँपालिकाकाे विषयमा पिठ्युँ पछाडि चर्को आलोचना गर्ने हरु सार्बजनिक सुनुवाई कार्यक्रममा आएर सीधा प्रश्न गर्नु पर्ने बताए ।
साथै अध्यक्ष शाहीले आईतवार गाउँपालिकाकाे नयाँ आर्थिक वर्षको बजेट पारित हुने भएकोले सम्पूर्णलाई स्थानीयवासी तथा सरोकारवाला निकायलाई उपस्थित हुनको लागि आग्रह समेत गरेका छन्।
मुड्केचुला गाँउपालिकाका अध्यक्ष दत्त बहादुर शाहिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुखको उपस्थित नभएपछि विशेष अतिथि बाट नै कार्यक्रमको शुभारम्भ गरीएको थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य गोपाल विकले सार्वजानिक सुनुवाई हुनुभन्दा एकसाता अगाडिनै बजेटसहितको कार्यक्रम दिएर मात्र सवाल जवाफ गर्नुपर्ने बताए।
गाउँपालिकाले सार्बजनिक सुनुवाई गर्दै गर्दा कसैलाई खबर नगरेको भन्दै आक्रोश समेत पोखे ।
त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिर्थराज महताराले सुनुवाइका क्रममा उठेका सवालको जवाफ दिँदै गाउँपालिकाकाे समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा आगामी दिनमा यस्ता कार्यक्रमहरु पारदर्शी हिसाबमा गाउँ–गाउँमा पुगेर सरोकारवालाको उपस्थितिमा मात्र सम्पन्न हुनुपर्ने स्थानीयले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?