
रामचन्द्र न्याैपाने,
असार ७ डोल्पा: डोल्पाको ठुली भेरि नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
बिहीबार नगरपालिकाका नगरप्रमुख श्वबर्ण बूढाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पहिलो पटक संसदीय अभ्यासमा प्रस्तुत गरेका हुन् ।
‘समृद्ध नगर, सुखी नगरबासी’ दिर्घकालीन सोचअनुरुप शिक्षा, स्वस्थ्य र कृषी , आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बूढाले ठुलीभेरिलाई स्वच्छ, सफा र हरियाली तथा घुम्नलायक पर्यटकीय क्षेत्रकाे रुपमा विकास गरिने बताए।
त्यस्तै कार्यक्रममा एक गाउँ एक उत्पादन कार्यक्रम र एक घर एक बगैंचा अवधारणालाई जोड दिइने , पर्यटन प्रवर्द्धनका लागी नगरपालिकामा आगन्तुक सूचना केन्द्रको स्थापना गरिने , स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी आर्थिक वर्ष देखि कार्यान्वयन ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी स्याक नेपालको सहजीकरणमा बनाइएको शिक्षा नीति , बाल संरक्षण नीति र आकस्मिक शिक्षा योजना यसै आर्थिक वर्ष देखि कार्यान्वयनमा ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।
नगर भित्रका स्वास्थ्यचौकीहरुको भौतिक पूर्वाधारमा स्तरउन्नती गरिने , नगरबासीलाई स्वच्छ खानेपानीकाे पहुँच अभिवृद्धि गरिने, नगर भित्रका सडकहरुको आईई, ई.आइ.ए र डीपीआर का लागि आवस्यक बजेट छुट्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरप्रमुख बूढा द्धारा प्रस्तुत नीति तथा कार्यक्रममा १५ जना वडा अध्यक्ष तथा सदस्य हरुले आफ्नो भनाई राखेका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रममा दफावार छलफल समेत भएको थियो ।
निति तथा कार्यक्रममा हामीले जिल्लामै पहिलो पटक संसदीय अभ्यासमा आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम ल्याईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।
विगतमा जे जस्तो भएपनि अब नगरपालिकाले साच्चिकै स्थानीय सरकारकाे प्रत्याभूति गराउने गरि काम गरिरहेकाे लम्सालले बताए ।
कार्यक्रममा संसदीय अभ्यास अनुसार नगर प्रमुखले समय दिने र वडा अधक्ष्य तथा सदस्य हरुले समय लिएर निति तथा कार्यक्रम माथि टिप्पणी सहित दफावार छलफल गरिएको थियाे । यहि महिनाकाे १० गते बजेट ल्याइने नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ



