
रामचन्द्र न्याैपाने,
डोल्पा ७ असार: उपल्लो डाेल्पामा पर्ने डाेल्पाेबुद्व र छार्काताङ्साेङ गाउँपालिका पनि पुर्ण खाेप पालिका घाेषणा भएकाछन् ।
सरकारकाे राष्ट्रिय लक्ष्य अनुसार पुर्ण खाेप पालिका घाेषणा गरिएको डाेल्पाेबुद्व गाउँपालिकाले जनाएको छ ।
बुधबार भव्य कार्यक्रमका बिच गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुसाेत्तम देबकाेटाले जानकारी दिए ।
पुर्ण खाेप पालिका घाेषणाकालागि स्वास्थ्य सेवा कार्यालयबाट डाक्टहरुकाे टाेली पनि पुगेकाे थियाे ।
त्यसैगरि केही दिन अघि छार्काताङ्साेङ गाउँपालिका पनि पुर्ण खाेप पालिका घाेषणा गरिएकाे प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवालले जानकारी दिए ।
यस अघि त्रिपुरासुन्दरी नगरपालिका,ठुलिभेरी नगरपालिका,काईके गाउँपालिका,जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका पुर्ण खाेप पालिका घाेषणा भइसकेकाछन् ।