
रामचन्द्र न्यौपाने,
डोल्पा ५ असार : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
एक साता अघि देखि विभिन्न सञ्चारमाध्याम मार्फत सार्वजानिक सुचना जारी गर्दै मंगलबार सरोकारवाला निकाय र सर्वसाधारणको उपस्थितिमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
सार्वजानिक सरोकारका हरेक गतिविधिहरुका बिषयमा आम सरोकारवाला निकायले जानकारी पाउनु प्रत्येक नागरिकको कर्तव्य भएको भन्दै पहिलो पटक सार्वजानिक सुनुवाई गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले सार्वजानिक सुनुवाईको सर्वसाधारणको उपस्थिति थोरैमात्रामा रहेको र चरण पनि नमिलेकाले आगामि दिनमा व्यवस्थित कार्यक्रम गर्न सुझाव दिएकाछन् ।
त्यसैगरि कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाली कांग्रेस डोल्पाका नेता गौरीशंकर उपाध्यायले सार्वजानिक सुनुवाई हुनुभन्दा एकसाता अगाडीनै बजेट सहितको कार्यक्रम दिएरमात्र सवाल जवाफ गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै पत्रकारहरुले सुचनाको हक कार्यन्वयनको मुख्य कडिको रुपमा रहेको सार्वजानिक सुनुवाई गरेर नगरपालिकाले शुसासन कायमको अभ्यास गरेको भन्दै बधाइ समेत दिएका थिए ।
यससँगै सार्वजानिक सुनुवाईमा नगरपालिकाले सम्पादन गरेका सम्पुर्ण गतिविधिहरु नसेटेरै कार्यक्रम गरेको भन्दै कर्मकाण्डी सुनुवाई भन्दै आलोचना समेत गरेका थिए ।
त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका नि बर्तमान सांसद बद्मीकुमारी बोहोराले नगरको सय रुपैयाँको पनि हरहिसाब जनताले राख्न पाउने अधिकार रहेको बताइन् ।
जनप्रतिनिधि र कर्मचारी नङ् मासुको सम्बन्ध भएकाले मिलेर अगाडी बड्नुपर्ने तथा नगर समृद्धिकालागि सबै हालेमालो गरेर अगाडी बड्नुपर्ने बताइन् ।
एकिकृत समाजवादी डोल्पाका अध्यक्ष छक्क बहादुर धरालाले सवाल जायज आएपनि कर्मचारीबाट जवाफ चित्तबुझ्दो नआएको गुनासो पोखे ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य काली चलाउनेले नगरकालाई विकासमुखि,व्यवस्थित र पारदर्शी बनाउने कर्तव्य सबै सरोकारवालाको भएको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले जनप्रतिनिधि र कर्मचारीले रकम मागेको कुरा,विकास योजनामा अनियमितता भएको कुरा आए सार्वजानिक सुनुवाई जस्तोहुने बताए ।
त्यतिमात्र भनाई स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले हरेक जनताको सुचनाको हक कुण्ठित गर्न नपाइने र दिनमिल्ने हरेक सुचना प्रवाह गर्नुपर्ने बताए ।
अबका दिनमा त्रिपुरासुन्दरी नगरपालिकाले प्रत्येक वडामा सार्वजानिक सुनुवाई कार्यक्रम गर्दा थप प्रभाकारीहुने रोकायले बताए ।
प्रमुख जिल्ला अधिकारी भुमिश्चवर पोख्रेलले सार्वजानिक सुनुवाई वास्तबमै सार्वजानिक सुनुवाईजस्तो हुनुपर्ने बताए ।
आम सरोकारको बिषयमा सार्वजानिक सुनुवाई हुँदै गर्दा पनि सर्वसाधारणको उपस्थिति न्युनहुन दुखत कुरा भएको उनको भनाई छ ।
वडा नं ३ का अध्यक्ष रञ्जित बुढाले कार्यपालिकामा बिषयगत छलफल नभएरै सार्वजानिक सुनुवाई भएको र वडाध्यक्षहरुलाई कुनै जानकारी नभएको बताए ।
त्यसैगरि नगरपालिका प्रांगणमा सार्वजानिक सुनुवाई गर्दैगर्दा गाउँगाउँमा योजना लथालिंग भएको बताए ।
नगर प्रशासनका बिषयगत फाँटका कर्मचारी गाउँ गाउँमा अनुगनम नगर्ने,नगरपालिकामै बसेर घाम ताप्ने गरेको र वडाका शिफारिषमा भुक्तानी गर्ने गरेर आफ्नो दोषबाट पन्छिने बाहेक अरु काम नभएको बताए ।
कार्यक्रमका सभाध्यक्ष जनचन्द्र रोकायले आफु नगरको समृद्धि र विकासकालागि अहोरात्र खटिरहेको बताए ।
नगरपालिकाको समग्र विकास आफु लगायत सम्पुर्ण जनप्रतिनिधि कर्मचारीको काधँमामात्र नभई राजनतिक दल,पत्रकार,सरोकारवाला निकाय सबैको साथ सहयोग हुनुपर्ने बताए ।
देशका सात सय त्रिपन्न स्थानीय तह मध्ये असी प्रतिशत जनप्रतिनिधिहरुले सुरुमै करोडौँका गाडी चढ्ने गरेपनि आफु सामान्य मोटरसाइकलमा चढ्ने गरेको बताए ।
गाडी खरिदमा लाग्ने करोडौँ रकम जनताको हितमा खर्चगर्ने उनको प्रतिबद्धता छ ।
त्यसैगरि प्रमुख प्रशासकिय अधिकृत जगदिशचन्द्र नेपालीले सुनुवाईका क्रममा उठेका सवालको जवाफ दिँदै नगर समृद्धिकालागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
विगतमा के भए भनेर कोट्याउनु भन्दा पनि अबका दिनमा कसरी राम्रोगर्न सकिन्छ भन्ने बिषयमा जनप्रतिनिधि र कर्मचारी प्रतिवद्ध रहेको बताए ।
उपस्थित सर्वसाधारणले आफ्नो भनाई राख्दै निर्माण भएको नयाँ भवनको प्राविधिक मुल्याकंन,त्रिपुरा माध्यामिक बिद्यालय काटियाचौरमा बिद्यालय नर्स नराखेर विभेद भएको कुरा समेत उठाएका थिए ।
त्यसैगरि स्वास्थ्य,कृषि,पशु,महिला तथा वालवालिका लगायतका बिषयगत शाखाहरुले आफ्ना बार्षिक कार्यक्रमहरु गुपचुपमा भएको भन्दै आलोचना समेत भएको थियो ।
आगामि दिन यस्ता कार्यक्रमहरु पारदर्शी हिसाबमा गाउँ गाउँमा पुगेर सरोकारवालाको उपस्थितिमामात्र सम्पन्नहुनुपर्ने स्थानीयले सुझाब छन् ।अब चार चार महिनामै सार्वजनिक सुनुवाइ गर्ने नगरपालिकाले जनाएको छ ।