२०८० असोज ९ गते मङ्गलवार

ठुलिभेरीमा तीन दिने आकस्मिक शिक्षा योजना तालिम सुरु



डोल्पा २९ जेठ
ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफालमा स्थानीय सरोकारवालाको सहभागितामा आपतकालीन अवस्थामा आकस्मिक शिक्षा योजना तालिम सुरु भएको छ ।
ठुलिभेरी नगरपालिकाको आयोजना,स्याक नेपाल,प्लान इन्टरनेशनलको सहजिकरण र युरोपियन युनियनको आर्थिक सहयोगमा तिने दिने तालिम सुरु भएको हो ।
तालिमबाट नगरस्तरीय विपत व्यवस्थापन कार्यदल गठन गर्ने तथा विपत व्यवस्थापन कार्ययोजना समेत बनाइने बताइएकाे छ ।
त्यसैगरि नगरस्तरीय सम्पर्क व्यक्ति नगरपालिकाले तोक्ने,विपत कोष खडा गर्ने र भैपरी आउने योजना निर्माण गरिने स्याक नेपाल डाेल्पाका कार्यक्रम प्रमुख शशी पान्डेले जानकारी दिइन् ।
तालिम तीन दिनसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?