
डोल्पा २८ जेठ : त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ बगरमा स्थानीय सरोकारवालाको सहभागितामा आपतकालीन अवस्थामा आकस्मिक शिक्षा योजना तालिम सम्पन्न भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना,स्याक नेपाल,प्लान इन्टरनेशनलको सहजिकरण र युरोपियन युनियनको आर्थिक सहयोगमा तिने दिने तालिम सम्पन्न भएको हो ।
तालिमबाट नगरस्तरीय विपत व्यवस्थापन कार्यदल गठन गरिएको छ भने विपत व्यवस्थापन कार्ययोजना समेत बनाइएको छ ।
त्यसैगरि नगरस्तरीय सम्पर्क व्यक्ति नगरपालिकाले तोक्ने,विपत कोष खडा गर्ने र भैपरी आउने योजना निर्माण गरिने जस्ता उपलब्धि भएकाे स्याक नेपाल डाेल्पाका कार्यक्रम प्रमुख शशी पान्डेले जानकारी दिइन् ।
तीन दिनसम्म चलेकाे सराेकारवालाहरुकाे बृहत छलफलबाट तयार पारिएको शिक्षा विपत व्यवस्थापन कार्ययोजना आसन्न नगरसभाबाट पारित गर्ने जनप्रतिनिधिबाट प्रतिवद्वता आएकाे भन्दै उनले खुशी व्यक्त समेत गरिन् ।
त्यसैगरि समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख जनचन्द्रराेकायले तीन दिने तालिम अत्यन्तै महत्त्वपूर्ण भएकाले सबै सुझाबले बनाइएको नगर शिक्षा विपत व्यवस्थापन कार्ययाेजना आगामी नगरसभाबाट पारित गर्ने प्रतिवद्वता समेत व्यक्त गरे ।
कार्यक्रमका नगर उपप्रमुख देबी घर्ती,वडा अध्यक्ष रञ्जित बुढा,निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला,शिक्षा शाखा प्रमुख भिम थापा लगायतले कार्यक्रम उपलब्धिमुलक भएकाे बताएका थिए ।