
डाेल्पा २८ जेठ: बाल विवाह राेकथाम कार्ययाेजनालाई नगरपालिकाकाे आगामी नीति तथा कार्यक्रममा समावेश गर्न माग गरिएको छ ।
बाल बाल विहाव विरुद्धको साझा अभियान सञ्जाल डाेल्पाका सचिवालय संयाेजक रणबहादुर कार्कीले त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र राेकायलाइ कार्ययोजना हस्तान्तरण गर्दै नीति कार्यक्रममा समावेश गर्न माग गरेकाहुन् ।
नगरप्रमुख राेकायले कार्ययाेजना बुझ्दै बाल विहाव न्युनिकरण आजकाे परिवेशमा अपरिहार्य भएकाले यसलाइ नगरकाे नीति कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बाल विवाह समाजकाे जडकाे रुपमा रहेकाले यसलाइ सबैले आ-आफ्नाे ठाउँबाट सहयोग गर्दै निराकरण गर्नु आजकाे आवश्यकता रहेकाे संयाेजक कार्कीले बताए ।
कार्यक्रमका अवसरमा बाेल्दै नागरिक समाज डाेल्पाका अध्यक्ष शेरबहादुर बुढाले बाल विवाह डाेल्पा जिल्लामा व्याप्त भएकाले यसलाई न्युनिकरण गर्न वडा सरकार र स्थानीय सरकार थप प्रतिबद्ध हुनुपर्ने बताए ।