२०८० असोज ९ गते मङ्गलवार

त्रिपुराकाेट बजार व्यवस्थापन समितिकाे अध्यक्षमा पन्थी !



डाेल्पा २७ जेठ : त्रिपुराकाेट बजार व्यवस्थापन समितिकाे अध्यक्षमा व्यवसायी प्रकाश पन्थी निर्विरोध चयन भएकाछन् ।
त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र राेकायकाे अध्यक्षतामा बसेकाे व्यवसायी र आम उपभोक्ताहरुकाे भेलाबाट पन्थी निर्विरोध अध्यक्षमा चयन भएकाहुन् ।
त्यसैगरी उपाध्यक्षमा बिष्णुप्रसाद हमाल,काेषाध्यक्षमा लाेकमान बाेहाेरा र सचिवमा पवित्रा थापा लगायत पन्ध्र सदस्यीय कार्यसमिति चयन भएकाछन् ।
सर्वसम्मत चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई नगर उपप्रमुख तथा राजश्व परामर्श समितिका संयाेजक देबी घर्तीले खादा अबिर लगाइ बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गरेकी थिइन् ।
नयाँ कार्यसमिति चयनमा उपस्थित उपभोक्ताले स्थानीय सरकारका समक्ष करमा हेरफेर गर्नुपर्ने,कर अनुसारकाे सेवा सुविधा दिनुपर्ने,म्याद गुज्रेका सामान विक्रिवितरणमा प्रतिवन्ध लगाउनु पर्ने,व्यापारीले अनिवार्य मूल्य शुचि टाँस गर्नुपर्ने,बजार सरसफाइ नियमित गर्नुपर्ने लगायतका माग राखेकाछन् ।
आम उपभोक्ताकाे जायज मागलाई नगरपालिकाले यथाशीघ्र संबाेधन गर्ने नगरप्रमुख राेकायले प्रतिवद्वता समेत व्यक्त गरेकाछन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?