२०८१ बैशाख ७ गते शुक्रवार

त्रिपुरासुन्दरीमा नेकपाको ज्ञापन पत्रःजनताको रोजगारको रकमबाट पुल किन बनाइयो ?




डोल्पा २६ जेठ : त्रिपुरासुन्दरी नगरपालिकालाई नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ले ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार नेकपाको टोलीले नगर प्रमुख जनचन्द्र रोकायलाई ज्ञापन पत्र बुझाएको हो ।
नगरपालिकाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको जनतालाई न्युनतम रोजगारी दिने उद्येश्यले सञ्चालित कार्यक्रमबाट निर्देशिका बिपरित गल्ली गार्ड,तामेगार्ड र चुँ गार्ड खोलामा पक्की पुल बनाउनु गलत भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाको करोडौ बजेट हालेर नगरबासीलाई रोजगार दिने रकम जनप्रतिनिधि र आफन्तको जिम्मा दिएर पक्की पुल बनाउन लागिएको भन्दै पार्टीमा उजुरी आएपछि ज्ञापन पत्र बुझाइएको नेकपाले जनाएको छ ।
त्यतिमात्र नभई पुल बनाउने काम अन्य बजेट स्रोतबाट गर्न,रोजगार कार्यक्रमको रकम निर्देशिका बमोझिमनै खर्च गर्न पन्ध्र समयसिमा समेत ज्ञापन पत्रमा तोकिएको छ ।
तोकिएको समय सिमा भित्र काम नभए नगर घेराबन्दी तालाबन्दी लगायत शसस्त्र संघर्ष गर्ने नेकपाले जनाएको छ ।
ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय डोल्पा र जिल्ला समन्वय समितिलाई समेत दिइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?