
डोल्पा २६ जेठ : त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ बगरमा स्थानीय सरोकारवालाको सहभागितामा आपतकालीन अवस्थामा आकस्मिक शिक्षा योजना तालिम सुरु भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना,स्याक नेपाल,प्लान इन्टरनेशनलको सहजिकरण र युरोपियन युनियनको आर्थिक सहयोगमा तिने दिने तालिम सुरु भएको हो ।
तालिममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष,शिक्षा शाखाका प्रमुख,महिला शाखाका प्रमुख,सुचना तथा सञ्चारप्रविधि शाखाका प्रमुख एवम् प्रतिनिधि,बिद्यालयका शिक्षक तथा विद्यार्थी,सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ ।
तालिमको मुख्य उदेश्य बिद्यालयमा आइपर्ने विपत न्युनिकरण गर्ने र कोभिड उन्नाइस जस्ता जस्तोसुकै महामारीमा पनि बिद्यालयमा पठनपाठन गराउने पुर्व तयारी स्वरुप तालिम सञ्चालन भएको स्याक नेपालले जनाएको छ ।
त्यसैगरि यसै तालिमबाट नगरस्तरीय विपत व्यवस्थापन समिति गठन गर्ने,नगरस्तरीय फोकल पर्सन तोक्ने,विपत कोष खडा गर्ने र भैपरी आउने योजना निर्माण गरिने बताइएको छ ।
कार्यक्रम तीन दिनसम्म निरन्तर चल्ने छ ।