२०८० चैत्र १६ गते शुक्रवार

त्रिपुराकोट–मसिनेचौर सडकखण्ड कालोपत्रे योजनाको शिलान्यास



डोल्पा २६ जेठ : त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने त्रिपुराकोट–मसिनेचौर सडकखण्डमा कालोपत्रे गर्ने योजनाको शिलान्यास गरिएको छ ।
शुक्रबार जिल्ला समन्वय समिति डोल्पाको प्रमुख श्याम बहादुर रोकाय,नगरप्रमुख जनचन्द्र रोकाय,प्रमुख जिल्ला अधिकारी भुमिश्चर पोख्रेल लगायतको उपस्थितिमा निर्माण व्यवसायि पुर्ण शाहीले निर्माण कार्यको शिलान्यास गरेका थिए ।
सघन शहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाको पच्चीस करोड लागतमा दुई किलोमीटर कालोपत्रे,पाहुनाघर निर्माण,पार्क र पार्क भित्र भ्यु टावर निर्माण गरिने आयोजनाका इन्जिनियर भरत महतले जानकारी दिए ।
निर्माणको जिम्मा लुना वाइएसएस जेभीले पाएको छ ।चारवटै संरचना दुई बर्ष भित्र सक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको आयोजनाले जनाएको छ ।
शिलान्यास गर्नु अघि जग्गाधनीले निर्माणकाक्रममा भएको भाैतिक क्षति बाफतकाे मुअब्जा पाउनुपर्ने र सडककाे मध्यबिन्दुबाट दुबैतीर बराबरहुने गरि सडक निर्माण गरिनुपर्ने भन्दै बिराेध समेत गरेका थिए ।
यस बिषयलाई नगरपालिकाले गम्भीर रुपमा लिएकाे शनिबार जग्गाधनीसँग बसेर सहमति गर्ने नगरप्रमुख जनचन्द्र राेकायले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?