
पूर्ण सार्की
वैशाख १८ डोल्पा
हिमाली जिल्ला डोल्पामा २ दिन देखिकाे निरन्तर बर्षा का कारण हवाई सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसम खराब हुँदा डोल्पाको हवाई सेवा अवरुद्ध भएको हो ।
नेपालगन्ज देखि नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान भर्न नसक्दा आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् ।
लगातार जिल्लाको मौसम बिग्रिँदा नेपालगन्ज र काठमाण्डौं देखि जुफाल एयरपोर्टकाे लागि कुनै उडान भएको छैन । आइतबारबाट जिल्लाको मौसममा फेरबदल भई पानी परेपछि दुई दिनबाट जुफाल विमानस्थलमा नेपालगन्ज देखि यात्रुसहित कार्गो सामान आउन सकेको छैन ।
त्यस्तै डोल्पादेखि नेपालगन्ज र काठमण्डौं जाने तथा नेपालगन्ज र काठमाण्डौं देखि डोल्पा आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको जुफाल विमानस्थलका प्रमुख अमित कुमार चौरासियाले बताएका छन् ।
नेपालगन्ज बाट डोल्पाका लागि लागि तारा, समिट, र नेपाल एयरलाइन्सका जहाजले उडान भर्दै आएका छन् । भने काठमाण्डौं देखि समिट एयरलाइन्सले सीधा उडान भर्दै आइरहेको छ । डोल्पाको मौसम बिग्रिएकाले नेपालगन्जबाट डोल्पा लागि हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ ।।