
बैशाख १७ दुनै डोल्पा : युरोपियन युनियनको सहायोगमा संचालीत ई यु नेपाल ब्यापार तथा लगानी कार्यक्रमको सहयोग र नेपाल पश्बिना उद्द्योग संघको ब्यबस्थापनमा आईतवार ! च्याङ्ग्रा ब्यबश्याय प्रबर्द्धन सम्बन्धमा सरोकारवालाहरु संग छलफल डोल्पाको दुनैमा सम्पन्न भएको गरिएको छ ! छलफलमा च्याङ्ग्रा बाट पश्बिना कोर्ने,प्रशोधन गर्ने,आपूर्ति तथा गुणस्तर अभिबृद्दी गर्ने बिसयमा डोल्पाका ३ वटा स्थानिय तह छार्का ताङ्सोङ्ग ,डोल्पो बुद्ध र शे फोक्सुन्डो गाउपालिकामा जनप्रतिनिधि,व्यापारी,उद्दोग ब्यापारी, पश्बिना उद्दोगी,च्याङ्ग्रा पालक किसानहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ !
कार्यक्रममा च्याङ्ग्रा पालन ब्याबशयाय बाट गुणस्तर वृद्धि गरि बजार सुनिश्चितताको खाचो औल्याएका थिए ! सोही अबसररमा पश्बिना ब्यबशायिले किसान बाट उत्पादित भुवालाई आफुहरुले बजारको सुनिश्चितता दिने प्रतिबद्द्ता समेत ब्यक्त गरेका छ्न ! सम्बन्धित गाउपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रा उत्पादन र गुणस्तर सुधारका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पो बुद्ध गाउपालिका अध्यक्ष कार्मा छोईबेल गुरुङले जनाए ! कार्यक्रममा ई यु नेपाल ब्यापार तथा लगानी कार्यक्रम द्वारा तालिम प्रदान गरि उत्पादन गरिएका प्रशिक्षक द्वारा च्याङ्ग्राको भुवालाइ काईयोले कोर्ने आधुनिक बिधि बारे सामन्य जानकारी गराईएको छ !
सोही कार्यक्रम बाट ३ वटै स्थानीय तह शे फोक्सुन्डो ,छार्का ताङ्ग्सोङ्ग र डोल्पो बुद्ध गाउपालिका विभिन्न स्थानमा च्याङ्ग्रा पालक कृषकलाई लक्षित गरि भुवाको बैज्ञानिक संकलन विधि बारे प्रशिक्षक प्रशिक्षण तालिम TOT कार्यक्रम समेत आयोजना गरिने भएको बताए ! भने सङ्ग सङ्गै आधुनिक तरिकाले भुवा संकलनका लागि आबश्यक सामग्रीहरु गरिने भएको युरोपियन युनियन नेपाल ब्यापार तथा लगानी कार्यक्रममा परामर्श दाता सिचन श्रेष्ठले बताए !