
पूर्ण सार्की डोल्पा
वैशाख ९ । हिमाली जिल्ला डोल्पाकाे ठुलीभेरि नगरपालिकाले द्वारा आयोजना भएको सर्वाधिक धन राशिको प्रथम ठुली भेरि मेयर कप फुटबल तर्फको को उपाधि तीब्ला युबा क्लब ले जितेको छ ।
सदरमुकाम दुनै स्थित खेलकुद मैदानमा शनिबार भएको फाइनल खेलमा तीब्ला यूवा क्लवले २-० गोलले सेभेन स्टार क्लव थाला लाई हराउँदै प्रथम ठुली भेरि मेयर कपको उपाधि हासिल गरेको हो ।
तीब्ला यूवा क्लव सगकाे हार सगै सेभेन स्टार युबा क्लव थाला भने उप विजेता बनेको छ । प्रथम विजेता भएको घरेलू टोली तिब्ला युबा क्लबकाे फुटबल टिमले प्रमाणपत्र, ट्रफि सहित नगद १ लाख १५ हजार रूपैया पाएको छ भने दोश्रो हुने घरेलु टिम सेभेन स्टार युवा क्लब थालाले नगद ७१ हजार सहित मेडल प्रमाण पत्र पाएका छन् । (फोटो फिचर)
प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार