
रामचन्द्र न्याैपाने,
डाेल्पा ४ बैशाख : एकीकृत समाजवादी पार्टी डाेल्पाकाे पुर्ण बैठक सम्पन्न भएको छ ।
साेमबार पार्टी अध्यक्ष छक्क बहादुर धरालाकाे अध्यक्षतामा पार्टीको चाैथाे पुर्ण बैठक सम्पन्न भएको हाे ।
बैठकले जिल्ला पार्टी सुदृढीकरणकालागि विशेष अभियान सञ्चालन गर्ने,पार्टीकाे काेटाबाट नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई बधाई ज्ञापन गर्ने,समाजवादी प्रेस संगठन घाेषणा गर्ने लगायतका निर्णय भएकाे पार्टी सचिव युवराज थकालीले जानकारी दिए ।
बैठकमा प्रमुख अतिथि पोलिट ब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज हंस बहादुर शाही,विषेश अतिथि प्रतिनिधि सभा सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज माननिय धन बहादुर बुढा, डोल्पा जिल्ला सह ईन्चार्ज हरि प्रसाद डाँगी रहेका थिए ।
त्यसैगरी अतिथिमा केन्द्रिय परिषद सदस्य क.काली बुढा,कर्णाली प्रदेश सदस्य अम्मराम बुढा,बविकिशोर गुरुङ,बुद्घि झाँक्री,चन्द्रमान सार्की,कर्ण बहादुर रोकाय,अंगत कुमार राना,सेनाङ गुरुङ,कृष्ण बहादुर बोहोरा,मिलन शाही,रामचन्द्र रोकाय,कमल रोकाय तेजेन्द्र बहादुर बुढा, कार्मा छोइवेल गुरुङ,पेमा तोर्चे गुरुङ,जाम्पा छुल्डिम लामा उपस्थिति रहेकाे थियाे ।
बैठकले प्रधानमन्त्रि क.पुष्पकमल दाहालको नेतृत्व गठित मन्त्रिपरिषद पार्टीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला,कृषि तथा पशुपन्छी मन्त्रि बेदुराम भुषाल, भौतिक पूवार्धार तथा यातायात राज्य मन्त्रि नन्दा चपाई लाई जिल्ला पार्टीले तर्फबाट बधाइ तथा कार्यकाल सफलताको शुभकामना समेत दिएकाे छ ।
साथै प्रगतिशिल ,शिक्षक संगठन,पेशागत महासंग नेपाल,एकिकृत स्वास्थ्यकमी संगठन नेपाल र एकिकृत सरकारी कर्मचारी संगठन डोल्पाका सम्पुर्ण पदाधिकारीहरु लगाएत सोही संगठनहरुबाट प्रदेश र केन्द्रिय महासंगमा प्रतिनिधित्व गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएकाे पार्टीले जनाएकाे छ।
पार्टी अध्यक्ष छक्क बहादुर धरालाले जिल्लाकाे समग्र राजनैतिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
संगठन सुदृढीकरण विषेश अभियान संचालन गर्नको लागि आजबाटै सुरु गरि २०८० साउन १० गते सम्म जिल्ला अधिवेशन गर्ने गरि प्रत्येक वडा देखि पालिका सम्म खटेर काम गर्ने निर्णय समेत गरिएकाे छ ।
त्यसकालागि पोलिट ब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज हंस बहादुर शाही,प्रतिनिधि सभा सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज माननिय धन बहादुर बुढा, डोल्पा जिल्ला सह इन्चार्ज हरि प्रसाद डाँगी र केन्द्रिय परिषद सदस्य काली खट्ने बताइएको छ ।
आजकै बैठकबाट समाजवादी प्रेस संगठन जिल्ला अध्यक्ष लेख बुढा लाइ तोकि एक महिना भित्र पदाधिकारीहरुलाइ पुर्णता दिइ जिल्ला कमिटीमा अभिलेख गर्ने निर्णय समेत भएको छ ।
विकास निमार्ण सम्बन्धि काम गर्न बबिकिशोर गुरुङको संयोजकत्वले विकास निमार्णको खाका बनाइ सरकारमा सामेल दलहरु सग सहकार्य गर्ने समेत बताइएको छ ।