२०८० चैत्र १५ गते बिहिवार

नेपाल राष्ट्रिय शिक्षक संगठन मुड्केचुलाका अध्यक्ष शाहीद्वारा संगठन परित्यागकाे घाेषणा !



डाेल्पा २९ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमाले निकट संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन मुड्केचुलाका अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहिले संगठन परित्यागकाे घाेषणा गरेकाछन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले संगठन परित्यागकाे घाेषणा गरेकाेहुन् ।
उनले अहिले कुन एमाले बाहेक कुन पार्टीकाे संगठनमा आवद्धहुने भन्नेबारे खुलाएका छैनन ।तर,नेकपा माअाेवादि केन्द्र निकटकाे शिक्षक संगठनमा आवद्धहुन सक्ने बताइएको छ ।
२०४६ सालदेखि संगठनमा आवद्ध रहदै आएकोमा आज ४४ अाै शिक्षक दिवसको अवसरमा संगठन छाडेकाे स्टाटसमा उल्लेख गरेकाछन ।
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति सदस्य दिपक गुरुङले पनि संगठन छाेडेकाे घाेषणा गरेकाछन् ।
उनले पनि फेसबुकमा लेख्दै संगठन छाेडेकाे घाेषणा गरेकाहुन् ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?