२०८० जेष्ठ १९ गते शुक्रवार

डाेल्पाकाे ठूलिभेरी नगरपालिका ५ का तीनसय घरधुरीलाई ग्यास चुलाे वितरण !



रामचन्द्र न्याैपाने,
डाेल्पा २२ चैत्र : जिल्लाकाे ठुलिभेरी नगरपालिकाका तीनसय घरधुरीलाई ग्यास चुलाे वितरण गरिएको छ ।
बुधबार वडा नं ५ का अध्यक्ष भिमबहादुर राेकायकाे अध्यक्षता तथा नगरप्रमुख सुवर्ण बुढाकाे प्रमुख आथित्यमा आयाेजित एक घर एक ग्यास चुलाे वितरण कार्यक्रममा तीनसय घरधुरीलाई एक थान सिलिन्डर र चुलाे निशुल्क वितरण गरिएको हाे ।
वडाकाे २१ लाख र नगरकाे ७ लाख गरेर २८ लाख बजेटमा सिलिन्डर र चुलाे बाँडिएको वडाध्यक्ष भिमबहादुर राेकाएले जानकारी दिए ।
ग्यास सिलिन्डर र चुलाे वितरण गर्नुकाे मुख्य उदेश्य दाउराकालागि बर्षेनि मासिदै गएको बनजंगल जाेगाउनु रहेको उनकाे भनाइ छ ।
बर्षाै देखि दाउराकाे खुला चुलाेबाट निस्केको धुवाँले ग्रामीण महिलाको स्वास्थ्यमा गम्भीर असर परेकाले पनि यसलाई न्युनिकरण गर्न पनि ग्यास वितरण गरिएको उनकाे भनाई छ ।
यस सँगै माझफाल स्वास्य चाैकी,प्रहरी चाैकी,बिद्यामन्दिर माध्यामिक बिद्यालय,सहिद शुक्रराज आधारभुत बिद्यालय लाहारा,महादेब आधारभुन बिद्यालय हुँ लाई पनि चुलाे र सिलिन्डर बाँडिएको वडाका कर्मचारी रेखामान बुढाले जानकारी दिए ।
एक घर एक ग्यास चुलाे तथा सिलिन्डर वितरण कार्यक्रममा ७,८ र ९ नंम्बर वडाका अध्यक्षहरु समेत सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?