२०८० मङ्सिर २१ गते बिहिवार

आगामी आवकालागि याेजना तर्जुमा गर्न सांसद शाही निर्वाचन क्षेत्रमा



रामचन्द्र न्याैपाने,
डाेल्पा २१ चैत्र : कर्णाली प्रदेशसभा सदस्य बिरबहादुर शाही आफ्नाे निर्वाचन क्षेत्रमा पुगेकाछन् ।
जनताका समस्या,अघिल्लो आर्थिक बर्षमा भएका विकास याेजनाकाे अनुगमन र आगामी आर्थिक बर्षकालागि नयाँ याेजना तर्जुमाकालागि शाही निर्वाचन क्षेत्रमा पुगेकाहुन् ।
छिमेकी जिल्ला जुम्लाहुँदै जगदुल्ला गाउँपालिकामा पुगेका शाहीले मंगलबार जगदुल्लामा मतदातालाई धन्यवाद दिने लगायत बृहत् सर्वसाधारण जनतासँग अन्तरक्रिया गरेकाछन् ।
देशमा सृजित राजनितीक फेरबदलका कारण सुर्खेत र काठमाडौमै व्यस्त भएका कारण चुनावमा भारी दिएर जिताउने जनतालाई धन्यवाद दिन समेत नपाएकाले आज जगदुल्लाबाट कार्यक्रम सुरु गरेकाे सांसद शाहीले बताए ।
त्यतिमात्र नभई व्यक्तिगत रुपमा याेजना माग्ने परिपाटीको अन्त्य गर्न तिर लागेकाले आगामी आर्थिक बर्षकालागि नयाँ याेजना तर्जुमाका बिषयमा छलफल समेत गर्न निर्वाचन क्षेत्रमा पुगेकाे उनकाे भनाई छ ।
अरुले सिफारिसमा गरेका याेजनामा बजेट हालिदैन्,सम्बन्धित जनताबाट वा जिल्ला स्थित पार्टीले निर्णय गरेपछिमात्र याेजना दिन्छु,अझ त आफै स्थलगत अनुगमन गरेर जनताका वास्तविक समस्या पहिचान याेजना दियाे जनताका आवश्यकता समेटिन्छन् उनले भने ।
त्यतिमात्र नभई आफ्नाे पहलबाट र निर्वाचन क्षेत्र विकास काेषबाट परेका याेजनाकाे प्रगति विवरण हेर्न पनि पटक पटक निर्वाचन क्षेत्र पुग्छु उनले थपे ।
जगदुल्लाबाट सुरु भएको कार्यक्रम सम्पूर्ण निर्वाचन क्षेत्रका गाउँ र जनतासँग गर्ने उनकाे भनाई छ ।आफ्नाे गाउँमा पुगेका सांसद शाहीलाई जनताले भव्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?