
पूर्ण सार्की
डोल्पा १५ चैत्र
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने त्रिपुरासुन्दरी मन्दिरमा आज बिहानै देखि चैत्र अष्टमीको पुजाआजाको लागि भक्तजनहरुको घुँइचो लागको थियो ।
देशकै प्रशिद्ध शक्तिपिठको रुपमा रहेको यस मन्दिरमा नौ दिनको नवरात्र सुरु भएदेखिनै पुजाआजाका लागि भक्तजनको घुइचो बडेको हो ।
प्रत्येक बर्ष चैत्र अष्टमीमा यस मन्दिरमा विशेष पुजाआजाहुने भएकाले पनि चैत्र अष्टमीलाई चैत्रे दशैको रुपमा परापुर्वकाल देखि मनाउँदै आएको पुजारी यज्ञप्रसाद उपाध्यायले बताए ।
यस दशैको नवरात्र अवधिमा दर्शन गर्नाले मनले चिताएको सम्पुर्ण कुराहरु पुग्ने जनविश्वास रहेको पुजारी उपाध्यायले बताए ।
चैते दसैँको अवसरमा त्रिपुरासुन्दरी माई लाई बोका,राँगा बली दिने,मन्दिरका नयाँ लिंगा र ध्वजा परिर्वतन गर्ने र ,विशेष होमन समेत भएको उनले जाकारी दिए ।
बर्षका दुइ ठुला दशैँ भित्र पर्ने चैत्र अष्टमीमा जिल्लाका विभिन्न क्षेत्रबाट ब्रामणहरु,सादु सन्तहरु पुजाआजाकालागि मन्दिर आएको उनले बताए ।
आजै दिउसोमात्रै मेला हेर्नकालागि मन्दिरमा हजारौँ भक्तजनहरु आएक थिए ।
त्यतिमात्र नभई मन्दिरमा पुग्ने भक्तजनलाई मनोरञ्जन दिनकालागि हिमालयन यूवा क्लब द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो