२०८० जेष्ठ १९ गते शुक्रवार

डाेल्पामा नगरप्रमुख राेकायद्वारा धारा उद्घाटन !



रामचन्द्र न्याैपाने,
डाेल्पा १५ चैत्र : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकाेट बगरमा निर्माण गरिएको पिउने पानीकाे धारा उद्घाटन गरिएको छ ।
खानेपानी,सिँचाइ तथा उर्जा विकास कार्यालय डाेल्पाकाे बीस लाख सहयोगमा बनाइएको तीन हजार लिटरकाे रिजर्भ ट्याङ्कीबाट बिस्तार गरिएको धाराकाे नगरप्रमुख जनचन्द्र राेकायद्वारा उद्घाटन गरिएको हाे ।
राेकायले धारा खाेलेर पानी पिएर खानेपानी धाराकाे उद्घाटन गरेकाहुन् ।
कुल एकसय सत्र धारा बिस्तार गर्ने क्षमता रहेकाे ट्याङ्कीबाट हाल पच्चीस धारामात्र बिस्तार गरिएको त्रिपुराकाेट बगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष भक्तसिँह कठायतले जानकारी दिए ।
मुकुटेश्वर हिमालकाे फेदमा मुहान बनाइएको शुद्ध खानेपानी अब छिट्टै बजारभरी वितरण गरिने र खाेलाकाे अशुद्ध पानी पिउने बाध्यता हटेकाे कठायतकाे भनाई छ ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?