२०८१ बैशाख ६ गते बिहिवार

डोल्पाको टसि रोम्जे टोम्जे गुम्बामा बुद्ध मुर्ति स्थापना !



रामचन्द्र न्यौपाने,
डोल्पा १५ चैत्र : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ अन्तर्गत गुम्बा गाउँमा पर्ने टसी रोम्जे टोम्जे गुम्बामा बुद्धका नयाँ मुर्तिहरु स्थापना गरिएको छ ।
काठमाण्डौमा बनाएर ल्याएका शाक्यमुनि बुद्ध,महाकाल, पार्वती, बिष्णु भगवान लगायतका देबी देबताका मुर्तिहरु गुम्बामा स्थापना गरिएको हो ।
बुद्ध मुर्ति,मुल पुजामा प्रमुख लामाले लगाउने कपडा लगायतका सामाग्रीहरु करिब तीन लाख साठी हजार रकम खर्च गरेर बनाइएको र विधि विधानका साथ गुम्बामा स्थापना गरिएको प्रमुख लामा निमा लामाले जानकारी दिए ।
“बुद्धका मुर्ति लगायतका सामान बनाउनकालागि स्थानीयलेमात्रै एक लाख दश हजार उठाएर सहयोग गरे,मैले दुई लाख पचासहजार व्यक्तिगत सहयोग गरे”लामाले भने ।
बौद्धमार्गीहरुको आस्था जोगाउन गुम्बामा पुजाआजा गर्नकालागि बौद्ध धर्मसँग सम्बन्धित देबी देबताका सात थान मुर्ति बनाएर ल्याइएको उनले बताए ।
इ.स १४६१ सालमा स्थापना भएको यस गुम्बामा बर्षमा दुई पटक मुख्य पुजाआजाहुनुे गर्दछ । गुम्बाको दर्शन गर्नाले सुख शान्ति मिल्ने र मोक्षप्राप्तिहुने लामाको भनाई छ ।
मुर्ति बनाउन सुन,चाँदी,पित्तल,तामा लगाएका पञ्चधातुको प्रयोगहुने बताइएको छ ।
जिल्लाका बौद्धमार्गिहरुको आस्थाको धरोहरुका रुपमा रहेको गुम्बा ०७२ सालको भुकम्पले चर्काएपछि जिर्णउद्धारकालागि प्रदेश सभा सदस्य बिरबहादुर शाहीले दुई पटक गरेर बिस लाख सहयोग गरेको लामाले बताए ।
अझै यस गुम्बाको विकास,प्रचार प्रचारको आवश्यक रहेको उनको भनाई छ ।
काठमाण्डौबाट ल्याइएका मुर्तिहरु गाउँ पु¥याउँदा स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।
त्यसैगरि यस गुम्बामा स्थानीय वाङ लामाले पचास हजार बराबरको महाकाल मुकुट र लुगासेट सहयोग गरेकाछन् ।
सेनामा कार्यरत उनले परापुर्वकाल देखि समग्र डोल्पाका बौद्धमार्गीहरुकोे आस्थाको धरोहरको रुपमा रहेको गुम्बाकालागि भेटि स्वरुप मुकुट र कपडा चढाएको लामाले बताए ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?