
डाेल्पा ५ चैत्र : डाेल्पाे क्याम्पसकाे स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुकाे प्यानलनै बिजय भएकाे छ ।
आइतबार भएको निर्वाचनमा गठवन्धनका तर्फबाट उम्मेदवार नेविसंघका खिम बहादुर राेकाय ८२ मत सहित निर्वाचित भएकाछन । उनिसँग प्रतिस्पर्धामा उत्रिएका अनेरास्ववियु क्रान्तिकारीका हरिरुप बिकले ५३ मतमात्र प्राप्त गरे ।
त्यसैगरी सचिवमा गठबन्धनबाटै उम्मेदवार भएका अनेरास्ववियुका धिरेन बुढाले ९३ मत ल्याएर निर्वाचित भएकाछन् ।
उनका प्रतिद्वन्द्वी अनेरास्ववियु क्रान्तिकारीका पार्वती बुढाले ४२ मतमात्र प्राप्त गरिन । त्यसैगरि काेषाध्यक्षमा गठवन्धनका तर्फबाटै उम्मेदवार नेविसंघका निर्मल हमाल ७६ मत सहित निर्वाचित भएकाछन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियु क्रान्तिकारीका करिना बुढाले ५८ मतमात्र प्राप्त गरिन् ।
त्यसैगरि गठबन्धनबाट गायत्री शाही,भावना शाही,माैसम थापा र निरु कार्की सदस्यमा निर्वाचित भएकाछन् । कुल २२४ जना विद्यार्थी रहेकाे डाेल्पाे क्याम्पसमा १३८ मत खसेकाे थियाे भने दुई मत बदर भएको थियाे । निर्वाचनमा नेविसंघ र अनेरास्ववियुकाे गठवन्धन थियो भने अनेरास्ववियु क्रान्तिकारी एक्लै निर्वाचनमा हाेमिएकाे थियाे ।
डाेल्पामा रहेका दुईवटा क्याम्पसमध्ये डाेल्पाे क्याम्पसमा ताेकिएकै मितिमा निर्वाचन भएपनि लिकु संयुक्त क्याम्पसमा कसैकाे उम्मेदवारी नपरेपछि निर्वाचन स्थगित गरिएको छ ।