२०८० असोज ९ गते मङ्गलवार

एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा राेकाय !



डाेल्पा १४ फागुन:  नेकपा माअाेवादी केन्द्र निकट भातृ संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिवार त्रिपुरासुन्दरी नगरपालिकाकाे केन्द्र त्रिपुराकाेटमा जिल्ला समन्वय समितिकाे छैटाै जिल्ला अधिवेशन सम्पन्न भएको हाे ।
अधिवेशनबाट तेह्र सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
अध्यक्षमा श्रवण कुमार रोकाया,उपाध्यक्षमा पद्मा बुढा,काेषाध्यक्षमा नरजित ठकुल्ला,सचिवमा दत्त चलाउने चयन भएकाछन् ।
त्यसैगरि स्थानीय तह कमिटीमा जगदुल्लाको गाउँपालिकाकाे अध्यक्षमा युद्ध प्रसाद रोकाय,मुड्केचुला गाउँपालिकाकाे अध्यक्षमा केशव बुढा, त्रिपुरासुन्दरी नगरपालिकाकाे अध्यक्षमा मोहन रावल, ठुलिभेरी नगरपालिकाकाे अध्यक्षमा गिरिमान बुढाथोकी, शे-फोक्सुण्डो गाउँपालिकाकाे अध्यक्षमा मुनलाल बुढा र डोल्पोबुद्ध गाउँपालिकाकाे अध्यक्षमा शैलेन्द्र रोकायलाई जिम्मेवारी दिइएको अधिवेशनका अध्यक्ष प्रताप राेकायले जानकारी दिए ।नेकपा एमाले निकट शिक्षक संगठनका चार जना शिक्षक आफ्नाे संगठनमा प्रवेश गरेकाे उनले बताए

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?