
पूर्ण सार्की
डोल्पा
डोल्पा जिल्ला त्रिपुराकोट बगर बजारमा रहको 500 वाट क्षमताको रेडीयो सुशासनले आज देखि औपचारिकरुपमा प्रसारण सुरु गरेको छ। सुशासन, समृद्धि , जवाफदेहिताको आवाज, सुशासन मीडिया प्रालि द्वारा संचालित रेडियो सुशासन ले आज देखि समाचार सेवा सहीत औपचारिक रुपमा रेडियो सञ्चालन मा ल्याएको छ । डोल्पा जिल्लामा यति ठूलो क्षमता भएको याे पहिलाे रेडीयो हाे । रेडीयो लाइ भरपर्दो सञ्चार माध्यम काे रूप लिइन्छ । रेडीयो सुशासन डोल्पाका विभिन्न ठाउँ मा 90.0 megahertz मार्फत् सुन्न सकिने छ।
यस अघि रेडीयो सुशासन मार्फत् विभन्न सुचना तथा गितहरु प्रशारण भै रहेको र अब विहान ५:३० रेडियाे खुल्ने छ,राती ९:३० मा रेडियाे बन्द हुनेछ,यस विचमा स्थानीय समाचार,सिआइएन खबर,उज्यालाे खबर,बिबिसी नेपाली सेवा,विभिन्न शन्देसमुलक सुचना,लाेक भाकाहरु प्रशारण गर्ने रेडियो का संचालक रामचन्द्र न्यौपाने ले बताउँनु भयो। ।
भ्रष्टाचार,वेथिति,घटना,गुनासाहरु लाई समाचार बनाएर प्रशारण गर्ने , सम्बन्धित निकायलाई घच्घच्याउने र समाधान गर्न लाउने रेडियो सुशासनको मुख्य भूमिका रहनेछ। रेडियो सुशासनले राष्ट्रिय भन्दा स्थानीय समाचार लाइ धेरै प्राथमिकता मा राख्ने समेत सञ्चालक न्यौपाने ले जानकारि दिनु भयो।