२०८० असोज ९ गते मङ्गलवार

डाेल्पामा माटाेमा पुरिएर जाजरकोटका दुई युवा घाइते



पूर्ण सार्की

डाेल्पा ७ फागुन

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसीमा माटाेमा पुरिएर दुई कामदार गम्भीर घाईते भएकाछन् ।

आइतबार बिहान रसी स्थित माझगाउँ भित्र झाेलङ्गे पुल बनाउने क्रममा माटाेमा पुरिएर जाजरकोट जिल्लामा पर्ने नलगार्ड नगरपालिका ५ का दुई युवा घाइते भएको र स्थानीयबासी सहित भएर माटाेबाट निकालिएको घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिए ।

घाईते हुनेमा नलगार्ड नगरपालिका ५ का १८ बर्षिया दिपेन्द्र शाही र २१ बर्षिया बद्रि शाही रहेका आफन्त लक्ष्मण शाहीले बताए ।

घाईते भएका दुईमध्ये एक जनाकाे घुट्टामा फलाम छड छिरेकाे एकजनाकाे खुट्टा पुरै पिसिएकाे शाहीले बताए ।

घाइतेलाइ लिनकाेलागि त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्स सहित प्रहरीको टाेली घटनास्थल तर्फ गएकाे छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?