
पूर्ण सार्की डोल्पा ! डोल्पामा छायांकन गरेको ‘ बैरागी’ बोल काे गीतकाे पोस्टर आज सार्वजनिक गरीएको छ। भिडियोका निर्देशक लक्ष्मण सुनार ले आज सामाजिक सञ्जाल फेसबुक मार्फत् युक्त फोटो सार्वजनिक गरेका हुन।
शान्तिश्री परियारको जादू मयी स्वरमा, HBR कला केन्द्रकाे प्रस्तुतीमा बसन्त उदास, सुरबिना कार्की , एन्जिला पन्थी मुख्य भूमिका मा देखिने छ्न।
गत मंसिरमा निर्माण टीम ले डोल्पामा 20 दिन लगाएर म्यूजिक भिडियोकाे छायांकन गरेकाे थियो। युक्त गीत काे शब्द, संगीत वसन्त उदास आफैले गरेका हुन भनें , निर्देशक लक्ष्मण सुनार ले गरेका हुन् ।
पछील्लो समय लक्ष्मण सुनारले निर्देशक गरेका म्युजिक भिडीयो ले नीकै तहल्का पिट्ने गरेका छन्।। गितकाे पुरा भिडियो अबको केही दिनमा युट्यूब मार्फत् सार्वजनिक गर्ने समेत निर्देशक लक्ष्मण सुनार ले बताएँ।
प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार