२०८० असोज ९ गते मङ्गलवार

त्रिपुरासुन्दरीमा जिल्लास्तरीय भलिबल प्रतियोगिताहुने,प्रथम पुरुस्कार १ लाख १५ हजार !



रामचन्द्र न्याैपाने
डोल्पा २९ माघ : त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा दोस्रो जिल्लास्तरीय मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । त्रिपुरासुन्दरी नगर कार्यपालिकाको बैठकले जिल्लास्तरीय दोस्रो मेयर कप भलिबल प्रतियोगिताको आयोजना गरिन लागेको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

फागुन २ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागिता जाउने खेलाडी सबै जिल्लावासी हुनु पर्ने समूह दर्ता गर्दा जिल्लावासी परिचय पत्र खुल्ने कागजपत्र पेस गर्नु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई एक लाख १५ हजार, उपविजेतालाई ६१ हजार, तेस्रो हुनेलाई ४१ हजार र चौथो हुने टोलीलाई २१ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडीलाई सात हजार रुपियाँ र अनुशासित खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका खेलहरू त्रिपुराकोटवगरस्थित खेलकुद मैदानमा हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?