२०८१ बैशाख ७ गते शुक्रवार

कृषि पढेका तिलक भन्छन् ” जागिरे मानसिकता त्यागौं ” 



सुर्खेत पञ्चपुरीनगरपालीकाका एक युवक पढेर जागीर नै गर्नु पर्छ भन्ने सोंच गलत रहेकाे बताउँछन् ।

पञ्चपुरी नगरपालीका का तिलक सुवेदी छिटो छरितो जागीर खाने सोचले प्राविधिक शिक्षा अन्तर्गत काे 18 महीने कृषि जेटिए अध्ययन गरे , उनको जागीर खाएर घर परिवारलाई खुसी दिने त्यो सपना पूरा भएन आफूले छोटो समयमा नै कृषि सम्बन्धी केही ज्ञान प्राप्त गरेपछि ज्ञान को प्रयोग गर्छु भन्दै हिँडेका उनी कतै बाट केहि सहयोग नपाएपछि पुनः 18 महिने कोर्स सकेर जग्गा धितो राखी ऋण लिएर ३ वर्षे बलिविज्ञान पढ्न दैलेख पुगे, दैलेख काे गुराँस गापा स्थित रतिखोलामा भएको लक्ष्मी माबि मा भर्ना गरे,

आर्थिक अबस्था कमजोर परिवारमा हुर्केकोले उनलाई पढ्न नीकै सास्ती भयाे , आर्थिक अबस्थाले धान्न सक्दैन कि भन्ने सोचले बिच मा कतिपटक त पढाइ नै छाडने सोचमा पुगेका थिए। पछि उनले सोच्न थाले पढेर जागीर नै गर्नु पर्छ भन्ने छैन अब म सग भएको ज्ञान फर्म खोलेर त्यसमा प्रयोग गर्छु भन्ने सोचले 2076 सालमा पञ्चपूरी कृषि तथा पशुपंक्षी फर्म दर्ता गराए। कतै अनुदान पाइन्छ कि भन्ने सोचले उनी नगरपालीका तीर कयौ पटक धाए तर अनुदान पाएनन्। पावर र पहुंच वालाले मात्र पाउने अनुदान हामि जस्तो केही गर्छु भन्ने सोँच राखेको लाइ कसले नै सहयोग गर्छ र भन्दै उनले आफ्नै 10 रोपनी जग्गामा घर परिवार सग सल्लाह गरेर साहु सग ऋण गरेर तरकारी उत्पादन गर्न थाले,

गरे के हुँदैन र भन्ने उनको जिन्दगबाट प्रष्ट सिक्न सकिन्छ, तरकारि खेतीबाट राम्राे आम्दानी हुन थालेपछि उनले केही कामदार हरु पनि राखे । बिस्तारै तरकारि खेतीमा आम्दानी बढे सगै उनले च्याउ खेती पनि गर्न थाले आफू सग भएको ज्ञान प्रयोग गरेर तरकारि उत्पादन काे जिम्मा परिवारलाई सुम्पेपछि उनी आफ्नो पढाई लाइ निरन्तरता दिने थाले र प्रमाणपत्र तह काे बालिविज्ञानमा पास पनि भए। उनको फर्ममा उत्पादनगरेको तरकारीले बजार मा राम्राे ठाउँ पायो र टाढा टाढा देखि अर्डर पनि आउन थाले । उनी अहीले तरकारी बेचेर नै राम्राे आम्दानी ग गर्छन्। उनले कृषि क्षेत्रमा अझैं धेरै कुरा सिक्न, जान्न अनि बुझ्न मध्यपश्चिम विश्वविद्यालय मा कृषि विषयमा स्नातक तह मा श-शुल्क भर्ना गरे अहीले उनी पहिलो वर्ष मा अध्ययन गरिरहेका छन्।। ।

अहीले उनी भन्छन् पढेर जागीर नै खानु पर्छ भन्ने छैन जसरी नी केही गर्ने हो, अझ याे देशले केही गर्ने सोच र लक्ष्यका साथ हिँडिरहेका व्यक्ति सहयोग गरे देशको आर्थिक वृद्धिदर छिट्टै उकालो लाग्ने छ। पढेर जागीर नै गर्नु पर्छ भन्ने सोँच गलत रहेकाे र आफू जस्तै हजारौँ युवालाई जागीरे मानसिकता त्याग्न समेत सुझाव दिने गरेका छन्।

 

 

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?