२०८१ बैशाख ६ गते बिहिवार

पुरातात्त्विक मुर्ति चाेरी मुद्वाका फरार प्रतिवादी पक्राउ



पूर्ण सार्की डोल्पा ! डाेल्पा प्रहरीले पुरातात्त्विक मुर्ति चाेरी मुद्वाका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । डाेल्पाकाे काईके गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २९ का अजत भन्ने धनेश बि.क लाई प्रहरीले पक्राउ गरेकाे हाे । फरार प्रतिवादी बि.क लाई पुरातात्त्विक मुर्ति चाेरी मुद्वामा डाेल्पा जिल्ला अदालतले मिति २०७५/०१/०३ गतेकाे फैसलाले रु एक लाख जरिवाना र ३ बर्ष कैद ताेकेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय डाेल्पा र प्रहरी चाैकी शहरताराबाट खटिएको टाेलीले फरार प्रतिवादी बि.क लाई काईके गा.पा ७ स्थित शनिबार पक्राउ गरि जिल्ला अदालत डाेल्पा बुझाएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?