
रामचन्द्र न्याैपाने,
काठमाडौ १२ माघ: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश इन्चार्जमा युवा नेतृ तिर्सना हमालले जिम्मेवारी पाएकी
छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को प्रमुख अतिथ्यतामा सम्पन्न अनेरास्ववियू (क्रान्तिकारी)को तेस्रो केन्द्रिय पदाधिकारी वैठकबाट उनले कर्णाली प्रदेश इन्चार्जकाे जिम्मेवारी पाएकी हुन् ।
उनी अनेरास्ववियू (क्रान्तिकारी) काे केन्द्रीय सचिव हुन भने पार्टीकाे कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।
जुम्ला निवासी हमाल युवा राजनीतिमा प्रचुर सम्भावना बाेकेकि युवा नेतृ हुन भने पार्टीमा समेत सबैकी प्रिय छन् ।
सरल स्वभाव,सहयोगी र मिलनसार भएकै कारण उनले निकट भविष्यमै समग्र कर्णालीकाे नेतृत्व गर्दै राजनीतिक छलाङ मार्ने उनका शुभचिन्तकहरु बताउँछन् ।
कर्णालीकाे बिद्यार्थी राजनीतिमा अनेरास्ववियु (क्रान्तिकारी)को प्रदेश इन्चार्ज समाल्ने महिला उनिमात्र हुन् ।
उनी भन्छिन आफ्नो ईन्चार्जसीपमा कर्णालीको विद्यार्थी आन्दोलन र सांगठानिक कार्यले नयाँ उचाईमा पुर्याउन र विद्यार्थी आन्दोलन लाई थप उचाउमा लिन थप पहल कदमी लिनेछु ।
आफू जन्मिएको ठाउँ र देशको लागि केही राम्रो काम गर्न चाहाने र त्याे पूरा गर्न राजनीतिबाट मात्रै सम्भव भएकाले राजनीति रोजेको बताउँछिन ।