
पूर्ण सार्की/ डोल्पा बिहानैदेखिको प्रतिकूल मौसमपश्चात डोल्पाको हिमाली तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सुरू भएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू मंगलबार प्रतिकूल मौसमका कारण हिउँ पर्न थालेपछि खुसी भएको से-फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरूङले जानकारी दिएका छन् ।
हिउँदे वर्षा र हिमपातले खेतिपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले राम्रो गर्ने उपाध्यक्ष गुरूङको भनाइ छ ।
उपल्लो डोल्पा सगै तल्लो डोल्पाकाे अधिकांश भागमा पनि हिउँ पर्न थालेको छ । ढिला गरी भएको हिउँदे वर्षाले सबैतिरका किसानमा खुसी छाएको छ ।
प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार