२०८० जेष्ठ २६ गते शुक्रवार

जुम्लामा जीप दुर्घटना : १ को मृत्यु, ९ जना घाइते



सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचाैरकी ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका छन्।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?