
रामचन्द्र न्यौपाने
डाेल्पा २४ पुस
डाेल्पाकाे ठुलिभेरी नगरपालिकाकाे केन्द्र जुफाल कायम भएको छ ।आइतबार सर्वाेच्च अदालतले दुनै पक्षबाट परेकाे रिट खारेज गर्दै नगरपालिकाकाे केन्द्र जुफाल कायम भएको फैसला गरेकाे हाे ।
सदरमुकाम दुनै रहेकाे नगरपालिकाकाे केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेकाे भन्दै ०७४ साल चैत्र ५ गते सर्वाेच्च अदालमा तत्कालीन उप प्रमुख याेगेन्द्र बहादुर शाही सहित तीन जनाले रिट दायर गरेका थिए ।
अदालतले नगरपालिकाकाे केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुशीयाली समेत मनाएकाछन् ।
पहिलाे कार्यकालभरीनै ठुलिभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएकाे थियाे ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार