२०८० मङ्सिर २२ गते शुक्रवार

डोल्पाका दर्जनौं दुर्गम गाउँका सपना कहिले होला पुरा?? कहिले गर्न पाउलान् त उपल्लो डोल्पाबासिले विकासको अनुभूति



पूर्ण सार्की / डोल्पा

संघ, प्रदेश र स्थानीय सरकार आएपछि गाउँको मुहार फेरिने सपना देखेका डोल्पाका दर्जनौं दुर्गम गाउँका सपना कहिले पुरा हुने हो टुंगो छैन । गाउँमा खानेपानि, शिक्षा, स्वास्थ्य, सडक बिजुली जस्ता सामान्य पूर्वाधार समेत नहुँदा डोल्पाबासीले निकै सास्तिपूर्ण जीवन बिताउनु परेको छ। विशेष गरि उपल्लो डोल्पा बासिले निकै कष्टकर जीवन बिताउदै आइरहेका छन्।

गाउँमा सडक, शिक्षा, स्वास्थ्य , खानेपानी, विद्युत लगायत का सेवा सुविधा हरु छैनन्। गाउँमा सामान्य बिरामी हुँदा ३/४ दिनको पैदल यात्रा गरेर बोकेर सदरमुकाम सम्म लैजानु पर्छ । सडक यातायातकाे राम्रो सुविधा नहुदा कयौ बीमारीको बाटोमै ज्यान जाने गरेको छ।। सामान्य बीमारी हुँदा समेत सदरमुकाम धाउनु पर्ने वाध्यता अझै सकिएको छैन । दैनिक उपभोग्य सामानको लागि हप्तौं दिन् लगाएर जोखीम पूर्ण यात्रा गर्नु पर्ने वाध्यता छ।

 

“अब त आफ्नो ठाउँका जनप्रतिनिधि आए” विकास हुन्छ भन्ने आशा मा १ पटक संविधान सभा र २ पटक प्रतिनिधी सभामा एउटै व्यक्तिलाई भाेट हालेर जिताएर पठाए । आफ्नै मान्छे आए पछि उनीहरूलाई सडक , खानेपानी, स्वास्थ्य लगायत का पूर्वाधार निर्माण होलान् की भन्ने अपेक्षा थियो तर त्यो आशा निराशा मात्रै बनेको छ। पटक पटक स्थानीय तथा संघ , प्रदेश काे जनप्रतिनिधीहरु लाई भोट हालेका उनीहरू गाउँको समस्या जिउकातीउ रहेको गुनासो गर्छन् । सामान्य पूर्वाधारका सेवा बाट वञ्चित उनीहरू अहिलेको सरकारबाट पनि खासै विकास होला भन्नेमा विश्वस्त छैनन।

 

डोल्पा प्रतिनिधी सभामा धनबहादुर बूढा , प्रदेश सभा ‘क ‘ मा शेरबहादुर बुढा र प्रदेश सभा ‘ख’ मा बीर बहादुर शाही संसद छन् । । 3 वटै संसदहरु सग पनि उपल्लो डोल्पा काे विकास , नीकासकाे लागी खासै ठोस योजनाहरू भने देखिदैनन् ।। चुनावको बेला “हामीलाई भाेट दिनुहोस हामि बिकाश गर्छौ भनेर ” गाउँगाउँ , घरघरमा पसेका उम्मेद्वारहरु जितेपछि फर्केर नहेर्ने र राजधानी तिरै बिताउने परिपाटी ले समग्र डोल्पाकाे विकास कहिले हुन्छ भन्ने चासो काे विषय बनेको छ।। पर्याप्त प्राकृतिक श्रोत साधन हरु ले भरिपुर्ण डोल्पा जिल्ला विकास हुन न सक्दा ती श्रोत र साधन हरु ओझेल मा पर्ने देखिन्छ।
संसदहरुले निरन्तर विकाशको कामहरु भइरहेको भनेपनि उपल्लो डोल्पाका दर्जनौ गाउँका नागरिकले कुनै पनि सेवा सुविधाको अनुभूति गर्न पाउन सकेका छैनन। ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?