२०८० असोज ९ गते मङ्गलवार

चैत्र ३ मा बहुपति प्रथामा आधारित चलचित्र ‘ टुल्की ‘ प्रर्दशन



पूर्ण सार्की 

डोल्पा १९ पुष हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र टुल्की आगामि चैत्र ३ गते प्रदर्शनहुने भएको छ ।

ग्रामिण क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारीत चलचित्र टुल्की चैत्र ३ मा प्रर्दशन हुने भएको हो ।

एक बर्ष अघि कोरोना कहरमा खिचिएको यस चलचित्र ढिलागरीमात्र प्रदर्शनहुन लागेको हो ।

द पाल्म ग्रुपको व्यानरमा निर्मित यस चलचित्रमा बहुपति प्रथा सँगै हिमाली जीवनसैली,रहनसहन लगायतका बिषयहरु पनि चलचित्रमार्फत उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए ।

देब जंग थापाले निर्देशन तथा छायाङ्कन गरेको यस चलचित्रको निर्माण भने आर.पी कर्माचार्य र शेखर लामाले गरेकाहुन् ।

यस चलत्रिमा बरिष्ठ कलाकार शिशिर वाङ्देल,स्वस्तिमा कार्की, सोफिया लिम्बु,नरेन्द्र तामाङ्ग,सोम लामा,शेखर लामा, सौजन सुब्बा,भक्तसिँह कठायत,रत्नप्रसाद न्यौपाने,हिमाली न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

यस चलचित्रको कथा भने लक्ष्मण सुनारले लेखेकाहुन् ।

चार बर्षको अनुसन्धान पछि चलचित्र निर्माण गरिएको र झण्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?