२०८० जेष्ठ २६ गते शुक्रवार

धार्मिक पर्यटनको आकर्षक गन्तव्य त्रिपुरासुन्दरी,यसरी पुग्न सकिन्छ !



डाेल्पा १४ पुष : चारै तिर होचो भु–भाग दाँया,बाँया,तल,माथी बिशाल नदीले घेरेको ठाँउ ।बिचैमा उठेको जमिन ।त्यसैको थाप्लामो अडिएको बिशाल संरचना ।मन्दिरबाट तल हेर्दा देखिने कालो आखाँ घुमाउने भिर ।प्राचिन संरचनाको चारैतिर ठड्याईएका बिशाल चार ध्वजावाहक काठका लिङ्गा ।त्यहाँबाट देखिने नागबेली आकारको ठुलो भेरी नदी,मन्दिरको पारीपट्टी देखिने हिँउले सिँगारिएका मुकुटेश्वर,कागमारा लगायतका प्रशिद्ध हिमाल,आँखैमा टाँसीएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा ।मन्दिर अवस्थित जमिनसँग जोडिएका सम्म परेको बिशाल उब्जाउयोग्य फाँट ।सरर लाग्ने हावासँगै लहलह झुल्ने धान,मकै,गँहु जौँ लगाएतका अन्नबाली ।उब्जायोग्य जमिन मासेर बनाईएका रङ्गीचङ्गी जस्ता छाईएका घरहरुको बस्ती ।मन्दिरको बाहिरी आकर्षणका केन्द्रबिन्दुहुन ।मन्दिर पुगेपछि देखिने यस्ता दृष्यहरुले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ ।हो डोल्पाको वाला त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृष्यहरु यस्तै छन् ।उक्त मन्दिर नेपालका प्रायःमन्दिरहरु भन्दा फरक शैली र आकारको भएको बताईन्छ ।मन्दिर अवस्थित भु–गोल अनौठो रहेको छ ।मन्दिरबाट देखिने गाँउबस्ती,हिमाल,पहाड नदीनालको दृष्य पुजाआजा पछि भक्तजनको मुख्य रोजाईमा पर्ने गरेको मन्दिरका पुजारीहरु बताउँछन् ।मन्दिरमा दर्शन गरिसकेपछि भक्तजनहरुलाई तस्बिर खिचाउन भ्याई नभ्याई हुने गरेको पुजारी निर्मल प्रसाद उपाध्यायले बताउनुभयो।चारैतिर होचो भु–भाग बिचको अग्लो टाकुरामा मन्दिर भएकाले त्यहाँबाट देखिने मनमोहक दृष्य अवलोककालागि मात्रै बर्षेनी हजारौँं भंक्तजनहरु आउने गरेको उहाँको भनाई छ ।मन्दिरमा पुआआजागर्नेहरुको पनि दैनिक घुँईचो लाग्ने गर्दछ ।पहिलेको भन्दा मन्दिरमा ब्यबस्थापकिय पक्षमा सुधारहुँदै गएपछि भक्तजनहरुको चाप पनि दिनप्रतिदिन बड्न थालेको उहाँले बताउनुभयो ।नेपालमात्र नभई भारतमा समेत प्रशिद्ध उक्त मन्दिर ठुलो शक्तिपिठको रुपमा चिनिन्छ ।उक्त मन्दिर निर्माणकालागि भारत सरकारले समेत तीन करोड तेत्तिसलाख सहयोग गरेको थियो ।त्रिपुरा सुन्दरी मन्दिर पुजाआजाकोलागि मात्रै नभई र मन्दिरबाट देखिने अनौठो मनमोहक दृष्य अवलोककालागि पनि प्रशिद्ध छ ।मन्दिर पुग्ने भक्तजनहरु आफ्ना फोटोको पछाडी नागबेली आकारको ठुलोभेरी नदी,हिँउले सेताम्य हिमाल,समथर फाँट अनि बिशाल अनि नाङ्गा डाँडाकाँडालाई क्यामेरामा कैद गर्न आतुर देखिन्छ् ।अझ नयाँबर्ष,दशँै,तिहार,लगाएतका बिशेष चाडपर्वहरुमा त फोटो खिच्न समेत पालो पर्खनु पर्दछ ।प्राचिन शैलीमा निमार्ण गरिएको उक्त मन्दिर देशका प्रधानमन्त्री,मन्त्री,राजदुत,सुरक्षा निकायका प्रमुख लगाएतका उच्च पदस्थ ब्यक्तित्वहरुको प्रमुख गन्तब्यस्थल बन्न थालेको छ ।पछिल्लो एकबर्ष यता मात्रै त्रिपुरा सुन्दरीमा नेपाली सेनाको प्रमुख,राजदुत देखि प्रधानमन्त्रीसम्मले दर्शन गरिसकेकाछन् हिजो पञ्चायत काल देखि राजा महाराजा समेत दर्शनकालागि आउने गरेको बुढापाखाहरु बताउँछन् ।पुर्वराजा बिरेन्द्र,दिपेन्द्र र ज्ञानेन्द्र देखी गुरु शंकराचार्य,पुरीनाथ बाबा लगाएतका प्रशिद्ध साधु महाजनहरुले प्रमुख रोजाई बन्न पुगेको छ त्रिपुरा सुन्दरी मन्दिर ।दुर्गम तथा बिकट जिल्लामा अवस्थित ठुलो शक्तिपिठ भएकाले अझ यसको महत्व दुनियाँले थाहाँ पाउन नसकेको पुजारी रबी प्रसाद न्यौपानेले बताउनुभयो ।“यस मन्दिर नेपालमै त्रिपुरा सुन्दरी देबीका मन्दिरहरुमध्ये प्रमुख शक्तिपिठ हो,त्रिपुरा सुन्दरी देबीहरुको उत्पतीस्थल,सती देबीको कन्ड्याउलो पतन भएको ठाँउ र दशमहाबिद्या समेत उत्पती भएकाले यस मन्दिरको महत्व अनौँठो छ” उहाँले भन्नुयो ।“उचित प्रचार प्रचारहुन नसक्दा प्रचुर धार्मिक तथा पर्यटकिय सम्भावना बोकेर पनि ओझेलमा परको छ” उहाँले थप्नुभयो ।मन्दिरको तल पट्टी खाली समथर जमिन भएकाले प्राय भि.भि.आई.पिहरु हेलिकोप्टरमा आएर त्रिपुरा सुन्दरी देबीको पुजाआजा गर्ने गर्दछन् ।गत ३० चैत्रमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरीमा पुजाआजा गर्नु भएको थियो ।डोल्पाको ईतिहाँसमै पहिलो पटक वहालवाला प्रधानमन्त्रीको रुपमा ओलीले त्रिपुरा सुन्दरी मन्दिरमा पुगेर पुजाआजा गरेको पुजारीहरुले बताए ।प्रधानमन्त्रीको दर्शनले भएपनि मन्दिरको प्रचार प्रचारमा सघाउ पुगेको पुजारीहरुको भनाई छ ।त्यस्तै गत २९ चैत्रमा पनि भारतिय तीन पुर्व राजदुुतहरुले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेका थिए ।पन्ध्रदिने डोल्पा पदयात्रा बनाएका नेपालकालागि भारतिय पुर्व राजदुतहरुको पहिलो गन्तब्य त्रिपुरा सुन्दरी बनाएका थिए ।पुर्व राजदुत रणजीत राय,श्यामसरण,देब मुखर्जी डोल्पा पुग्नुभएको हो ।डोल्पाले धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पुर्व राजदुत रायले बताउनुभयो ।उहाँका अनुसार डोल्पा पुग्ने सबैको चाहाना छ,तरपनि कसरी,कहाँबाट डोल्पा जाने जानकारी नहुँदापनि चाहेर पनि डोल्पा आउन सक्दैनन् ।सँगसँगै डोल्पासम्म पुग्ने हवाई र सडक यातायातको बिकास भए डोल्पाले धार्मिक पर्यटन बिकासको हिसाबमा फड्को मार्ने उहाँले बताउनुभयो ।
यस्तो छ त्रिपुरा सुन्दरी मन्दिरको ईतिहाँस
इ.स १११४ सालमा स्थापना भएको बताईने यस मन्दिर भौगोलिक रुपमा पनि पृथक छ यस मन्दिरको पश्चिममा ताम्राबणि नदी,उत्तरमा मुकुटेश्वर हिमाल,दक्षिणमा भैरबि गंगा लगाएतका प्रशिद्ध तिर्थस्थलहरु रहेका छन भने बिचको टाकुरामा यस मन्दिर अबस्थित छ । परापुर्बकालमा डोल्पाको त्रिपुराकोट गा बि स को कोट गडिमा बिक्रम शाहि महाराजको दरबार थियो ।
शाहिले यसै कोट गडिका १४ घर बिष्ट लाई आफना काजीका रुपमा राखेका थिए ।
अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो ।त्यस दरबार नजिकै एउटा धान कुटने ओखल थियो ।
ओखलमा धान कुटने गरिन्थ्यो ।धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलापहरु देखिन थाले ।धान कुट्न जाँदा कहिले चारपाथि धान कुटदा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुटदा दुई माना चामल हुने गर्दथ्यो ।
यस्ता अचम्मका कुराहरु देखिन थाले पछि योकुरा मन्त्री बिष्टका कजेनिहरुले आफना काजि बिष्टहरुलाई बताए ।
काजीहरुले यो कुरा थाहा पाएपछि आफना राजा बिक्रम शाहि लाई सुनाए ।
शाहिले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफना प्रजाहरुलाई बोलाएर यो ओखल उत्खनन् गर्ने सल्लाह गरे ।ओखलका मुनी के रहेछ भन्ने अनौठो कुरा हेर्न राजा र प्रजा आतुर देखिन्थे ।
सल्लाह भए अनुसार भोलि पल्ट बिहानै देखि सबै गाँउलेहरु बोलाएर त्यो ओखल उत्खनन गर्न लगाए ।
ओखल उत्खनन् सुरु गरियो,उत्खननकालागि मान्छे सयौँ लगाईयो ।ओखल उत्खनन बिहानैबाट सुरु गरेर बेलुकि काम गर्दासमेत ओखल निकाल्न सकिएन थोरै बाँकि रह्यो ।सबै थाकेका थिए ।बाँकी रहेको काम भोली पुरागर्ने शर्तमा सम्पुर्ण टोली घर फर्किए ।
भोली बिहानै सबेरै सबैजना बाँकि रहेको ओखल उत्खनन गर्न आँउदा त ओखल जस्ताको तस्तै उत्खनन नगरेको जस्तो देखिएपछि सबैजना चकित परे ।यो कुरा राजाले थाहा पाएपछि विभिन्न गाँउबस्तीहरुबाट हजारौँ मान्छेहरु बोलाएर रातादीन लगाएर ओखल उत्खनन गर्न लगाए ।
लगातार दुई दिन सम्म काम गर्दा त्यो ओखल उत्खनन भयो ।
त्यो अचम्मको ओखल भित्र अनौँठा दृष्यहरु देखिए ।ओखल तलपट्टी तामाको ओदान ओेदानमाथि घिँउको कराई माथि तामाको थालि थाली माथि षटकोण यन्त्र त्यसमाथि कँुडेस र त्यस भित्र नव दुर्गा भगवतिका नौ बहिनिका स्वरुप देखिए ।खन्दैगर्दा बाउसोको टुपो तामाको षट्कोणलिखित यन्त्रमा लाग्यो ।खन्ने काजी बेहोस भए ।पुतलीरुपी देबीहरु उडेर विभिन्न ठाँउमा बिराजमान भईन् ।दबीको रुप लिएका पुतलिहरु बाँके को बागेश्वरी,जुम्लाको कनिका सुन्दरी,सल्यानको खैरबाँङ,बैतडिको रणसैनी त्रिपुरेश्री,बाजुराको बडीमालिका लागाएतका नामले प्रशिद्ध छन ।बाँकि चार बहिनी देबी बाला, त्रिपुरा ,सुन्दरी ,डोलपाको त्रिपुरा सुन्दरीमा बिराजमान छन् ।बिराजमान चारवटा देबी महाकाली,महालक्ष्मि,महा सरस्वति का नाम लेप्रशिद्ध डोल्पामा प्रशिद्धछन ।परापुर्वकाल देखिनै यस मन्दिरमा न्यौपाने थरिका पुजारीले पुजाआजा गर्दै आएकाछन् ।
बहादुर शाहाको टोली चकित
नेपालका बाइसे चौबिसे राज्य एकिकरण गर्ने क्रममा बहादुर शाहको टोलि मुस्ताङ हुँदै डोल्पाको शहरतार गाँउ पुग्यो ।डोल्पाको नौ राज्य एकिकरण गर्न आँउदा डोल्पाको सहरतारा गा बि स को बाँदर फडका भन्ने खोलामा पुल आईपुग्यो ।त्यहाँ एउटा खोला थियो ।खोलामा पुल थिएन् ।असार श्रावणको बर्षातले खोलको पानी बडेर तर्नै नसकिने थियो ।खोला तर्न नसक्दा बहादुर शाहको टोली खोलावारी नै रोकियो ।डोल्पामा भएका नौ वटा टुक्रेराज्य एकिकरणगर्ने उक्त टोलीको लक्ष्य थियो ।खोलमा पुल लगाएर पारगर्ने बहादुर शाहको टोलिले लक्ष्य बनायो ।लक्ष्य अनुरुप काठहरु जम्मा गरेर पुल लगाउन तयार भयो शाहको टोली ।तर खोलमा कसैगरि पुल लाग्न सकेन् ।अन्ततःमुस्ताङुहँदै डोल्पा पुगेको बहादुर शाहको टोली एकिकरण नगरेर नै फर्किने निश्चित भयो ।बहादुर शाहको टोली धार्मिक बिश्वास खोतल्न थाल्यो ।त्यहाँका स्थानीयसँग तपाईहरुको कुन देबता मान्नुहून्छ भनेर सोध्यो ।स्थानिय बासि संग सोध्दा यहाँ अरु केहि छैन त्रिपुराकोट भन्ने ठाँउमा त्रिपुरा सुन्दरी देबी हुनुहुन्छ यि देबि लाई हामि पनि बर्षेनि पुजाआाजा गर्दछौ भनेर बताए ।त्यसपछि बहादुर शाहले पुल लागोस आफ्नो एकिकरण गर्ने योजना सफलहोस भन्दै देबीको भागल गरे ।उनले भनेका थिए हे भगवति यो खोलामा पुल लागोस, हाम्रो डोल्पा एकिकरणको काम सफल होस हामि हजुर लाई यस ठाँउमा पर्ने खानी र बैजिबाडा गाँउ त्रिपुरा सुन्दरी को गुठिका रुपमा चढायौँ भनेर माटो समाते पछि पुल लागेको किम्बदन्ती रहेको छ ।खानी र बैजीवाडा गाँउ नयाँ संरचना अनुसार काईके गाँउपालिकामा पर्दछ ।
सतीदेबीको अङ्ग पतन भएको ठाँउ त्रिपुरा सुन्दरी
यस मन्दिर मा सत्य युगमा श्री महादेबले हिमाललय पर्बतकि पुत्री सत्यदेबी को मृत शरीर बोकेर पृथ्बि भ्रमण गर्ने क्रममा सती देबि को कन्डयालो (ढाड) पतनभएको कुरा हिन्दुहरुको प्रशिद्ध धर्मग्रन्थ श्री स्वस्थानिमा उल्लेख गरीएको छ।
त्यसैले यस पबित्र भुमिलाई नेपालकै प्रशिद्ध शक्ति पिठको रुपमा मान्ने गर्दछन ।
यस मन्दिरको महत्वलाई हिन्दुधर्मका बिभिन्न धम्रग्रन्थमा उल्लेख गरीएको र यदि जो कसैले यस मन्दिरमा आएर दर्सनमात्र गरे भुक्ति र मुक्ति मिल्ने पुजारी देबी कृष्ण उपाध्याय ले बताउनुभयो ।उहाँका अनुसार आफु अहिले सम्म घुमेका मन्दिरहरु मध्ये यस मन्दिरको भौगोलिक अबस्था पृथक रहेको छ, यस मन्दिरमा भाकल गरेको सम्पुर्ण कुरा पुग्ने भएकाले देशका उच्च पदस्थ ब्यक्तित्वहरु पुजाआजाकोलागि आउने गरेको बताउनुभयो ।
यस मन्दिरमा सत्य देबिको कन्डयाउलो पतन हँुदा को बखतमा यस स्थानमा बर्षाका देबता मेघ बर्षा आएर बिभिन्न आरधना गरेर देबी कोे पुजाआजा गरेकाले इश्वरी प्रसन्न भएर यस क्षेत्रमा महा खडेरी परेको बेला पानी पार्न सफल भएस भनि बरदान दिएकाले यस क्षेत्रमा महाखडेरी परेपछि सम्पुर्ण गाँउ बासि आएर पुजाआजा गरे पानी पर्ने जनबिश्वास रहेको छ ।
यसै बखतमा भैरबेश्वर महादेब पनि उत्पति भएको मन्दिर पनि यहाँ रहेको छ ।डोल्पामा खडेरी परेको बेला सम्पुर्ण गाँउबासि आएर बिधिबिधानका साथ पुजाआजा गरे पानि पर्ने स्थानियबासि परमानन्द देबकोटा ले बताउनुभयो ।
यसरी पुग्न सकिन्छ त्रिपुरासुन्दरी
डोल्पाको त्रिपुरा सुन्दरी नेपालकै पशिद्ध धार्मिक सम्पदा हो । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ त्रिपुराकोटमा मा पर्दछ त्रिपुरा सुन्दरी मन्दिर ।धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको त्रिपुरा सुन्दरी मन्दिर उचित प्रचार–प्रचारको अभावमा ओझेलमा परेको छ ।डोल्पा प्रवेशद्धारको रुपमा जुफाल बिमानस्थल रहँदै आएको छ ।डोल्पा पुग्नकोलागि जुफाल बिमानस्थ र सडक यातायात प्रयोगमा आउने गर्दछ ।डोल्पा पुग्नकालागि नेपालगञ्ज बिमानस्थल पुग्नुपर्दछ । नेपालगञ्ज सुर्खेत जाजरकोट रुकुमहुँदै पनि डोल्पा पुग्ने अर्को गन्तब्य हो ।सडकमार्गबाट जाँदा नेपालगन्जबाट जाजरकोटकाे तल्नुबगरसम्म दिवा वा रात्री बसमा आफ्नाे इच्छा अनुसार यात्रा गर्न सकिन्छ । भाँडा दुईहजार रहेकाे छ। तल्नुबगरबाट त्रिपुराकाेटसम्म साना बाेलेराे जीपमा पाँच घन्टामा त्रिपुराकाेट पुग्न सकिन्छ ।भाडा पन्ध्रसय रहेकाे छ ।नेपालगन्ज देखि माेटरसाइकलमा एकै दिनमा सजिलै डाेल्पा पुग्न सकिन्छ । नेपालगञ्ज बिमानस्थल देखि जुफाल विमानस्थलसम्म हवाई जहाजको सुविधा छ ।नेपालगञ्ज देखि हवाईजहाजमा २५ देखी ३५ मिनेटमै जुफाल बिमानस्थल पुगिन्छ ।नेपालगञ्ज बिमानस्थल देखी जुफाल बिमानस्थलसम्मको हवाईजहाज सात हजार रहेको छ ।डोल्पाकालागि तारा,समिट र नेपाल एयरलाइन्सले नियमित उडान भर्दै आएकाछन् ।जुफालमा दिउसोँ हावा बडेर जहाज अवतरणमा समस्याहुने भएकाले बिहान ११ बजेसम्म मात्रै जहाज अवतरण गर्ने गर्दछ ।नेपालगञ्ज विमानस्थल देखि दैनिक पाँच देखि छ वटासम्म उडानहुने गर्दछ ।नेपालगञ्ज देखि जुफाल झरेपछि त्रिपुराकोटमा रहेको त्रिपुरा सुन्दरी मन्दिरकालागि हेलिकोप्टरबाट ल्याईएको जीपहरु आन्तरिक रुपमा संञ्चालनमा ल्याईएको छ ।जीपबाट त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गतपर्ने सुँपानीसम्म आउन जुफालदेखि सुँपानीसम्मको दुरी झन्डै चार किमी रहेको छ ।जीपबाट जुफालबाट सुँपानीसम्म तीस मिनेट लाग्दछ ।गाडीबाट झरेपछि सुँपानी देखि ठुलीभेरीमा लगाइएको पुल तरेर पारि पुगेपछि बगर बजार आईपुग्छ ।बगर बजार जिल्लाकै मुख्य ब्यापारिक केन्द्रबिन्दु हो ।बगरमा थुप्रे होटेल पसलहरु संञ्चालनमा छन् ।मोरिम्ला धो हुँदै रुपैडिहा जोड्ने सडक,कर्णाली राजमार्ग अन्तर्गत जुम्ला डोल्पा जोड्ने सडकले पनि त्रिपुराकोट बगर बजार जोडिन्छ ।त्यसकारण पनि बगर बजार डोल्पाकै मुख्य केन्द्रबिन्दु मानिन्छ ।बगर बजार देखि त्रिपुरा सुन्दरी मन्दिरसम्मको यात्रा दश मिनेट लाग्दछ ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?