२०८० जेष्ठ १९ गते शुक्रवार

कर्णाली प्रदेशसभा: माओवादीका राजकुमार शर्मा र एमालेमा कँडेल संसदीय दलको नेतामा चयन

काे बन्ला त अब मुख्यमन्त्री: एमाले कि माओवादी


कर्णाली प्रदेश सभामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले बुधबार संसदीय दलको नेता चयन गरेका छन्।

बुधबार बैठकबाट दुवै दलले सर्वसम्मत दलको नेता चयन गरेका हुन्।

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा निर्वाचित भएका छन्। माओवादीभित्र दलको नेताका लागि चार जना दाबेदार थिए।

कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट, कृष्ण जिसी र रूकुम पश्चिमका राजकुमार शर्मामध्ये दलले शर्मालाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

शर्मा रूकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनी यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए।

शर्मा ०७४ को स्थानीय तह निर्वाचनपछि गठन भएको जिल्ला समन्वय समिति रूकुम पश्चिमको प्रमुख भएका थिए।

यस्तै, नेकपा एमालेले यामलाल कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको छ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?