२०८० जेष्ठ २६ गते शुक्रवार

मुड्केचुला गाउँपालिका डोल्पाकाे १२ औं हिउँदे गाउँसभा उद्घाटन : गाउँपालिकाकाे विकास तिब्र गतिमा हुने अध्यक्ष शाहीकाे दाबी! (फोटो फिचर सहित)



पूर्ण सार्की डोल्पा , डाेल्पाकाे मुड्केचुला गाउँपालिकाकाे १२औं हिउँदे गाउँसभाकाे भव्य उद्घाटन सहित शुरू भएकाे छ। उद्घाटन नगरसभाकाे भव्य समाराेहमा गाउँपालिका अध्यक्ष दत्तवहादुर शाही,उपाअध्यक्ष दुरा राेकाया सहित सम्पूर्ण वडा अध्यक्षहरू,कार्यपालिका सदस्य,वडा सदस्य लगाएत कर्मचारी र सर्वसाधरणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।

उद्घाटनकाे भव्य समाराेहमा बाेल्दै गाउँपालिका अध्यक्ष शाहीले अवकाे केही वर्षमै गाउँपालिकाकाे प्रत्यक वडा देखि गाउँगाउँसम्म सडक पुग्ने बताए। त्रिवेणी हुँदै भालुलेक देखि जुम्ला जाेड्ने १६ किलाेमिटर सडककाे प्रारिम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएकाे छ। सडक निर्माणका लागि केहि पहल कदमि भएपनि आइइ प्रकृया पुरा नहुँदा निर्माणले साेचे अनुसार गति लिन सकेकाे थिएन। भेरी करिडाेरले जिल्लाकाे सिमालाइ छाेएर जाने भएपनि गाउँपालिकाका गाउँगाउँसम्म सडक सञ्जालले छुन सकेकाे छैन।
जुम्लाबाट भने मुड्केचुलातिरका केहि गाउँवस्तीमा सडकले गति लिएकाे छ भने अव निर्माणकार्यले थप तिव्रता पाउँने गाउँपालिका अध्यक्ष दत्तवहादुर शाहीकाे भनाइ छ। उनले थपे “त्रिवेणी जुम्ला सडक निर्माण पछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभइ जगदुल्ला हाइड्राे पावर जस्ता ठुला आयाेजना देखि अन्य विकासमा समेत राज्यलाइ टेवा पुग्नेछ।”
विगतकाे ५ वर्षमा गाउँपालिकाले शिक्षा,स्वास्थ्य,सञ्चार र जनताका समस्यालाइ मध्यनजर गरेर विकास निर्माण गरेकाेमा अवकाे ५ वर्षमा सडक,राेजगार र शिक्षा,स्वास्थ्यमा विशेष ध्यान केन्द्रीत गरेर मुड्केचुला विकसीत हुने अध्यक्ष शाहीकाे दावी छ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?