२०७९ माघ २५ गते बुधवार

हुस्सु र कुहिरोको कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित



 पुर्ण सार्की काठमाण्डौ, 

  काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार