२०८० असोज ९ गते मङ्गलवार

चीनको बेइजिङमा बुद्ध मूर्तिकाे लिलामी रोकियो



काठमाण्डौ, उपल्लो डोल्पाकाे धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्त्विक शाक्यमुनि बुद्धको कांस्य मूर्तिको लिलामी रोकिएको छ । बेइजिङको एक निजी ग्यालरी चाइना गार्जियन अक्सनमा राखिएको उक्त मूर्तिको लिलामी सरोकार सम्बद्ध निकायको पहलमा रोक्का भएको हो ।

 

‘हामीले उक्त सम्पदाबारेको प्रमाण जुटाएर तथा सन् २०११ मा खिचिएको उक्त सम्पदाबारेको फोटो, भिडियोसमेत उपलब्ध गराएर पुरातत्त्व विभागमार्फत हाम्रो सम्पत्तिको लिलामी रोक्न आग्रह गरेका थियौं,’ रिम्पोचे सेई नामखाई दोर्जीले कान्तिपुरसँग भने, ‘परराष्ट्र मन्त्रालयमार्फत चीनको बेइजिङस्थित दूतावासमा उक्त अनुरोध गएपछि कूटनीतिक प्रक्रियाबाट सम्पदा लिलामी हुनबाट जोगिएको छ । तर, अब घरफिर्तीको प्रक्रिया भने बाँकी छ ।’

 

पन्ध्रौं शताब्दीमा निर्मित बुद्धमूर्ति सन् २०१६ को अप्रिल १९ मा चोरिएको बारे त्यही बेला गुम्बाका रिम्पोचे लाचुङ थिन्लेमार्फत पुरातत्त्व विभाग, युनेस्कोसहित सरोकारसम्बद्ध निकायमा अवगत गराइएको थियो । हराएका÷चोरिएका सम्पदाको पहिचान अभियानमा लागिपरेको ‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार उक्त सम्पदा बेइजिङस्थित संग्रह ग्यालरी चाइना गार्जियनले लिलामीमा राखेको पाइएको थियो । आजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?