२०८० चैत्र १६ गते शुक्रवार

विश्वकप: अर्जेन्टिना भर्सेस फ्रान्सकाे महाभिडन्त, कसले मार्ला बाजी यस्ताे छ इतिहास र अंकगणीत ?



काठमाडौं,कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आज राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।

डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जिते यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन ।पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पु¥याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेस्सीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ ।

फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई (सन् १९५८ र सन् १९६२) उपाधि जितेको छ ।

फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ ।

अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ ।यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ । पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।

यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १–० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३–१ ले पराजित गरेको थियो ।

यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।

अर्जेन्टिना भर्सेस फ्रान्स हेड टु हेड

खेल ः १२

अर्जेन्टिना विजयी ः ६

फ्रान्स विजयी ः ३

बराबरी ः ३

विश्वकपमा हेड टु हेड

खेल ः ३

अर्जेन्टिना विजयी ः २

फ्रान्स विजयी : १

अर्जेन्टिना र फ्रान्सबीच अहिलेसम्म भएका खेल

­­­

१. १९३० फ्रान्स ०–१ अर्जेन्टिना फिफा विश्वकप

२. १९६५ फ्रान्स ०–० अर्जेन्टिना मैत्रीपूर्ण खेल

३. १९७१ अर्जेन्टिना ३–४ फ्रान्स मैत्रीपूर्ण खेल

४. १९७१ अर्जेन्टिना २–० फ्रान्स मैत्रीपूर्ण खेल

५. १९७२ अर्जेन्टिना ०–० फ्रान्स ब्राजिल इन्डेपेन्डेन्स कप

६. १९७४ फ्रान्स ०–१ अर्जेन्टिना मैत्रीपूर्ण

७. १८७७ अर्जेन्टिना ०–० फ्रान्स मैत्रीपूर्ण खेल

८. १९७८ अर्जेन्टिना २–१ फ्रान्स फिफा विश्वकप

९. १९८६ फ्रान्स २–० अर्जेन्टिना मैत्रीपूर्ण

१०. २००७ फ्रान्स ०–१ अर्जेन्टिना मैत्रीपूर्ण

११. २००९ फ्रान्स ०–२ अर्जेन्टिना मैत्रीपूर्ण

१२. २०१८ फ्रान्स ४–३ अर्जेन्टिना फिफा विश्वकप

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?