२०८० असोज ९ गते मङ्गलवार

कर्णाली प्रदेशसभामा माओवादीका समानुपातिक सांसद सबै नेताका श्रीमती मात्रै

नाताबाद र कृपाबाद ले बिगारेको माओवादीको राजनीति कहिले सुध्रिएला??


 सुर्खेत – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सबै नेताका श्रीमती छन्। माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक नेकपा ( माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन्।
यस्तै, पार्टीका कालिकोट संयोजक लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा सदस्य बनेकी छन्। मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती हुन्। चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन्।
जनयुद्धका घाइते, अपांङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक प्रदेशसभा सदस्य बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन्।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुईजना पनि कर्णालीका नेताकै आफन्त छन्। उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ्ग) सामानुपातिक सांसद भएका छन्। समानुपातिक सूचीमा रहेकी जाजरकोटकी पार्वती विकलाई समानुपातिकबाट हटाएर ज्ञानुलाई समावेश गरिएको चर्चा छ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?